• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
साहित्यवार्ता

रामलाल जोशीको ‘बाआमा’: सबैका लागि शक्ति र सम्बन्ध!

64x64
नेपाल लाइभ शनिबार, भदौ ४, २०७९  ०७:१८
1140x725

झन्डै डेढ दशक शिक्षण पेसामा बिताएका रामलाल जोशीले २०५७ सालमै साहित्य क्षेत्रमा पाइला टेकेका थिए। २०५७ मा प्रकाशित ‘हत्केलामा आकाश’ गजलसंग्रहपछि साहित्यसिर्जनामा ‘मौन’ रहेका उनले २०७२ सालमा ‘ऐना’ ल्याए। सुदूरपश्चिमको धनगढीमा रहेर गरेको सिर्जनाले मदन पुरस्कार जितेपछि साहित्य क्षेत्रमा उनी जबर्जस्त रुपमा ‘स्थापित’ भए। त्यसपछि उनले पहिलो उपन्याश ‘सखी’ ल्याए, नयाँ कृतिको रुपमा अब ‘बाआमा’मार्फत् पाठकमाझ आउँदैछन्। मदन पुरस्कार विजेता ‘ऐना’का लेखक जोशीको नयाँ कृति ‘बाआमा’ लेखनको सन्दर्भमा नेपाल लाइभका लागि धनु विश्वकर्माले गरेको कुराकानी:

तपाईंको नयाँ कृति ‘बाआमा’ आउँदैछ, यसको मूल थिम चाहिँ के हो नि?
थिम त पाठकहरुले पढिसकेपछि निस्कर्ष निकाल्ने हो। लेखक स्वयंले यो चिज लेखे भनेर भन्दैन। यो मानव जीवनको एउटा उमेर पार गरेपछि वा उमेरको निश्चित चरणमा पुगेपछि उमेरको छेउमा उभिएका जेष्ठ नागरिकको वा बा-आमाको कथा हो। जीवनले भनौं या नियतिले किनाराकृत भएका समूह वा सम्पूर्ण जेष्ठ नागरिकका कथा हुन्। 

‘बाआमा’ पुस्तकको नामले नै समर्पण वा आदरभाव प्रस्तुत गर्दछ। किताबको नामै 'बाआमा' राख्नुको पार्श्र्वकथा केही छ?
यो मेरो कथा होइन। तर मेरो बुझाईमा भने किताबको नाम जटिल बनाइदिनुपर्छ जस्तो लाग्दैन। किताबको नाम भनेको आम मान्छेले पढ्ने र प्रयोग गर्ने खालका हुनुपर्छ। पहिलो भनेको हाम्रो जनजीवनसँग सम्बन्धित भएमा जनजिब्राेमा झुण्डिने खालको हुन्छ। दोस्रो कुरा भनेको यो पुर्खाहरुको कथा हो। यो विगतको कथा हो। यो मेरो कथा पनि होइन। भविष्यको कथा पनि होइन। बाआमा नै किन ? भने यो जेष्ठता र श्रृष्टिकर्ताको कथा हो। जसले संसारको संरचना गर्छ त्यो भनेको बाआमा हो। म त्यहाँ उभिएर मेरा बाआमा जस्तै, म जस्तै आम मान्छेका बाआमाको कथा हो। 

पहिलो कथा ऐना संग्रह नै चर्चित भयो। पुरस्कृत भयो। नयाँ कृति सिर्जना गर्दै गर्दा त्यसको प्रेसर महसुस हुन्छ कि हुँदैन? कोभिडले समयमा सिर्जना गर्न कत्तिको टेवा वा बाधा पुर्‍यायो?
त्यस्तो प्रेसर महसुस आजसम्म गरेको छैन्। मैले मदन पुरस्कार पाएको हो भनेर प्रेसर कहिले पनि लिइनँ। पुरस्कारले मलाई दबाबमा राखेको छैन। मलाई हेर्ने मान्छे छन्। मेरा धेरै पाठक छन्। म धेरैको नजरमा परेको छु। धेरै जनाले प्रतिक्षा गरिराख्नु भएको छ भन्ने प्रेसर भनौं वा अनुभूति चैं भएको छ। 

पहिलापहिला मैले आफ्नै लागि मात्र हो लेख्ने भन्ने हुन्थ्यो। अब आफ्ना लागि मात्र नभएर म पाठक वर्ग जो छ, उहाँहरुका लागि पनि लेख्छु भन्ने हुन्छ। त्यसैले न्याय गर्ने कोसिस गर्छु। साहित्य साधना हो। त्यसैले भनेको बेला आउँदैन, समय लाग्छ। भावनाहरुलाई परिस्कृत वा केहि विचारलाई लयमा ल्याउन समय लाग्छ। जसरी शिशुले आकार लिन आमाको कोखमा नौ महिना लगाउँछ भने यो साहित्य अजम्वरी छ। त्यसैले सिर्जनामा केहि समय लाग्छ। दिमागमा कुनै विचार आयो भने त्यसलाई खेलाउन समय लाग्छ नै। म कुनै  प्रेसर नलिईकन लेख्छु।

'ऐना' पछि मैले देशभरि दौडधुप गरें। जसले गर्दा 'सखी' आउन समय लाग्यो। यो  विषम परिस्थितिका कारण पनि पाठक वर्गमा 'बाआमा' आउन समय लागेको छ। 'सखी' आएपछि लगत्तै दुई वर्षमा यो किताब ल्याउने योजना बनाएको हो। कोभिडका कारण त्यो पुरा भएन। कोभिडमा समय प्रतिकूल थियो। ति निरासाका दिन थिए। त्यसैले पनि सिर्जना गर्न सहज भएन। कोरोनामा समय थियो तर, मलाई त्यो उर्जावान, आशावादी समय लागेन। समय भएर हुँदैन। अनुकूल पनि हुन जरुरी छ। त्यो समय चिहानले लाश पर्खे जस्तो थियो। समय उर्जावान भए म हिँड्दाहिँड्दै पनि साहित्य सिर्जना गर्न सक्छु। त्यसैले समय अभावका कारणले होइन प्रतिकूलताका कारणले भने सिर्जना रोकिन्छ। 

तपाईंले ऐनामा सुदूरपश्चिमको समाजको मनोविज्ञान पनि प्रस्तुत गर्नुभयो। पछि ‘सखी’ मा थारु समुदायमाथि लेख्नुभयो। 'बाआमा' कस्तो कृति हो? के यसले पनि निश्चत भूगोल परिवेश समेट्छ् ?
लेखक जहाँ बस्छ वा बसेर लेख्छ त्यहाँको प्रतिछाँया आउँछ नै। म सुदूरपश्चिममा बस्ने भएका हुनाले 'बाआमा' मा त्यहाँको समाजको मनोविज्ञान, भूगोल आएको छ। केहि पात्र छन्। यसमा तिनको जीवनशैली आउँछ। त्यहाँका जुन पात्र छन्। तिनको जीवनशैली, भाषा र भूगोल पक्कै त्यहाँको छ। तर, 'ऐना' र 'सखी' जस्तै पूर्णत: आन्चलिकतामा  लेखिएको होइन। यो सन्तान र तिनका उत्पत्तिकर्ताको कथा हो। मानव जीवन भनौं वा मानिसहरुको उत्तरार्द्धकाे कथा हो। विवशताको कथा हो। त्यसैले 'बाआमा' आम मान्छेको कथा हो। 

यसमा केही सुदूरपश्चिमको भाषा, संस्कार, भूगोल पक्कै जोडिन्छन्। मेरो आफनो विश्वास के हो भने ‘ऐना’ पनि सुदूरपश्चिमका किनाराकृत पात्रहरुको कथा हो। यसमा दलित, थारु अझ भनौं उत्पीडितहरुको आम मान्छेको आँखाबाट ओझेलमा परेका कथा हो। ‘सखी’ थारु समुदायमाथि लेखिएको कथा हो। त्यस्तै ‘बाआमा’ पनि उमेर वा बुढ्यौलीले एउटा किनारा वा छेउमा पारिएकाको कथा हो। मानव जीवनको उमेर समूहका कारण किनारामा लगेर उभ्याइदिन्छ। त्यस्ता तमाम मान्छेको कथा हो। त्यसैले पनि यसलाई म विवशताको कथा भन्न रुचाउँछु।

Ncell 2
Ncell 2

म बाँचेको ठाउँमा धेरै कथा व्यथाहरु छन्। त्यसकारणले ति कथाहरुलाई ल्याउने कुरा हो। ति कथालाई मैले सक्दो पोको पारेर ल्याएको हो। पहिला गजल लेख्थेँ। त्यो उमेरानुसारले पनि होला। अहिले पनि लेख्छु। भोलिका दिनमा गजल नआउला भन्न सकिदैँन। अहिले म बाँचेको ठाउँमा यतिका कथा छन्। मैले मेराे समुदाय वरपरका कथा त भनिदिनुपर्यो नि। मेरा वरिपरिका पात्रहरु कथा मैले नसुनाइदिए कसले सुनाइदिन्छ र? उपन्यास, कथा, आख्यानका माध्यमबाट होस् मैले सुनाउनुपर्ने कथाहरु धेरै छन्। यहि लागेर पनि मैले 'बाआमा' लेखेको हुँ। ऐना कथा हो। 'सखी' उपन्यास हो। 'बाआमा' भने उपन्यासिक कथा संग्रह हो। बाआमा ऐना जस्तो मात्र होइन, 'सखी' जस्तो उपन्यास मात्र होइन। यी दुवैको संगम पनि हो। 'बाआमा' पढ्दा पाठकले पुरै उपन्यासको अनुभूति गर्छ। कुनै कथा मात्र पढ्दा त्यो कथाको अनुभूति गर्छ।

सामान्यतया लेखक काठमाडौं केन्द्रित देखिन्छन्। यहीँ बस्न रुचाउँछन्। तर, तपाईं सुदूरपश्चिममै  रमाइरहनुभएको छ नि?
वास्तवमा लेखकले एक ठाउँमा बस्ने नै होइन। लेख्नका लागि बस्ने हो। उसलाई सामग्री चाहिन्छ। अनुभव चाहिन्छ। जीवनजगत् आफनै आँखाले हेर्नुपर्छ। म त्यसैले बझाङ्ग, बाजुरा, कैलाली र कहिले नेपालगञ्जमा हुन्छु। म मान्छेहरुले चिन्नका लागि धनगढी निवासी छु। चारैतिर घुमिराखेको हुन्छु। कैलालीमा मात्र सीमित नभएर वर्षको सात/आठ चोटि काठमाडाैंमा भेटिन्छु। जता भेटिए पनि तर, लेखनका लागि जहाँ सहज हुन्छ। लेखनलाई कुनै असर पार्दैन त्यहाँ बसेर लेख्ने हो। ठूलाठूला ग्रन्थ पनि नदी किनारमा लेखिएका छन्। कतिपय जंगलका झाडीमा लेखिएका छन्। मलाई काठमाडौंको कोलाहल भन्दा सुदूरको एकान्त वा कुनै पहाडको एकान्त मनपर्छ। त्यहि वातावरणमा लेख्न रुचाउँछु। 

भनिने र मानिने गरेको केन्द्रभन्दा पर बस्दाका लाभहानी के हुँदा रहेछन्?
पहिलापहिला त्यो थियो। अहिले काठमाडौंका मिडियाले लेख्ने वा काठमाडौंका दृष्टिकोणले मात्र देख्नेभन्दा अहिले पाठकको आँखा बलियो भएको महसुस भएको छ। देशभरिका पाठकको आँखा सबैभन्दा बलियो छ। त्यसैले काठमाडौं वा यहाँका मिडियाले लेखेन भन्दैमा पाठकसम्म नपुग्ने भन्ने छैन। सामाजिक सञ्जालका कारण हरेकको हातमा मिडिया छ, त्यति शक्तिशाली भइसकेका छन्। अब पाठकले न्याय गर्ने समय आएको छ। मलाई चाहिं अब धनगढी र झापा बस्ने भएका कारणले कोहि ओझेलमा पर्छन् जस्तो लाग्दैन। अनि, कोहि केन्द्रमा बसेकै कारण अवसर पाउँछन् जस्तो पनि लाग्दैन। यद्यपि प्रवृति चैं यो खालको छ। यहाँका मिडियामा रमाउने, यहींको बुद्धिजिवी वर्गका सर्कलमा रहने र बाहिरका लेखकहरुले प्राथमिकता नपाएको जस्तो देखिएको छ। लेखनको शक्ति र पाठकको हातमा अझ बढी निर्भर रहन्छ। लेखनको शक्तिले पाठकका आँखा उघारेको छ।

सुदूरपश्चिमका भनिन बाँकी र लेखिन बाँकी कुराहरु कति छन् वा आइसके?
सुदूरपश्चिमको विगत आउन सकेको छैन। तमाम कथाहरु लेखिन बाँकी छन्। वर्तमान त भोगिनै राखेका छौं। हामीले हाम्रो विगत पनि भन्न बाँकी छ। र, भविष्य पनि सुनाउन बाँकी छ। सुदूरपश्चिमको छेउटुप्पो पनि आएको छैन। जति आए ती सतही रुपमा आएका छन्। सांस्कृतिक विशालता, जीवनशैली, कथा-व्यथाहरु बाँकी छन्। सुदूरपश्चिमले गरेका कुर्वानीका कथा लेख्न बाँकी नै छन्। गरिबीकाे कथा, राज्यले पछाडि पारिएको भूगोलको विवशताका कथा लेख्न बाँकी छन्। सतहमा समानता देखिएको मात्र हो। राज्यले, केहि भूगोलले समान देखे पनि हामीले हाम्रो विगतसँग तुलना गर्ने हो भने त्यो दु:खद् कथा भन्न अझै बाँकी छ।

के पूर्णकालिन लेखक भइबस्ने वातावरण बन्न थालेको हो ?
मैले अनुभूति गरेको छु। पूर्णकालिन लेखक भएर बस्न सकिन्छ जस्तो भान भएको छ। 'ऐना' भन्दा अगाडि मेरो २०५७ सालमा मेरो हत्केलामा 'आकाश' आयो। त्यसपछि २०७२ सालमा मैले 'ऐना' ल्याएको हुँ। मेरो लेखन १५ वर्षसम्म ओझेलमा पर्यो। म बसेको ठाउँमा साहित्यिक कार्यक्रम गरें। मेरो लेखन भने ओझेलमा परेको थियो। 'ऐना' आएपछि एउटा आधार मलाई त्यसले दिएको हो। पाठकहरुको विशाल समुदायका कारण पनि यो जग बस्यो। 'ऐना' ले दिएको सफलताले पनि मलाई लेखेर बाँच्न सक्छु भन्ने अनुभूति गरायो। त्यसपछि २०७४ सालमा शिक्षण पेशा छोडेँ। अहिले पूर्णकालिन रुपमा लेखनमा रमाइरहेको छु। त्यसका लागि आवश्यक सामग्री बटुलिराखेको छु। पेशासँग सम्बन्धित अनुसन्धान गरिराखेको छु। चार वर्षमा एउटा किताब लेख्ने बाँकी हल्लिएर बस्ने पनि होइन।  लेखन पेशासँग सम्बन्धित कामहरुले गर्दा पनि अब वाँच्न सकिन्छ भन्ने विश्वास गरेको छु। मैले यसरी नै परिवार धानिराखेको छु। यसले गर्दा खुशी अझ उत्साहित पनि छु।

कतिपयले पहिलो कृतिसँग दोस्रोको प्रतिस्पर्धा हुन्छ भन्ने गरेका छन्, यसमा कत्तिको सहमत हुनुहुन्छ ?
यो म आफैँले भनेको कुरा हो। हरेक लेखकको कृति अरुको कृतिसँग कहिले प्रतिस्पर्धा गर्दैन। उसको आफनै पहिलो कृतिसँग प्रतिस्पर्धा गरिराखेको हुन्छ। पहिलो आउँदा बरु अरुकासँग तुलना हुन्छ। दोस्रो तेस्रो आएपछि भने को भन्दा को अब्बल भनेर स्वयंका कृति तुलना हुन्छन्। 'ऐना' सँग 'सखी' को तुलना भयो होला। अब 'बाआमा' 'ऐना' र 'सखी' सँग तुलना पक्कै हुन्छ होला। मेरो आफनै मूल्याङ्गकनले भने 'ऐना'भन्दा 'सखी'मा भाषिक वा विषयवस्तुका हिसाबमा निखारिएको मान्छु। त्यसमा अझ मलाई सन्तुष्टि मिलेको थियो। 'ऐना' र 'सखी' भन्दा 'बाआमा' अझ निखारिएर आएको छ भन्ने लाग्छ मलाई।

'बाआमा' लेख्दा लेखन अवधिभर अनुभूति कस्तो रह्यो ?
लेखनका समय यतिउति भन्ने हुँदैन। 'बाआमा' लेख्न करिब तीन वर्ष लागेको हो। आफैँ भावना, अनुभूतिमा डुबेर म त्यहि चरणमा पुगेर लेखेँ। धेरैचोटि आँसु खसाए। हाँसो पनि लाग्यो। लेखन अवधिभर संवेदनामा रहेर नै लेखेको हो। भावना करुणामा रहेर कतै आफनै विगततिर गएको अनुभव पनि हो। लेखिसकेपछि भने मभित्रको पिलो निचोरिए जस्तो अनुभूत गरे। छट्पटि शान्त भएजस्तो भयो। बाढीले निकास पाएजस्तो भयो। 

हुन त बाआमा किन पढ्ने भन्ने प्रश्नको ठ्याक्कै उत्तर छैन्। खाना केकाे लागि खाने, त्यस्तै किताब केकाे लागि पढ्ने भन्ने जस्तै पनि हो। किताब पढ्ने पनि अब बाँच्नकै लागि भइसकेको छ। जहाँ चेतना, ज्ञान र आनन्द चाहिन्छ त्यहाँ किताब पढ्नुपर्छ। 'बाआमा' पढ्दा भावना र हृदय गाँसिन्छ। उमेर त्यसको नियतले छेउमा उभिएको कथा भएकाले पनि यो पढ्छन् जस्तो लाग्छ। हरेक मान्छेको जानुपर्ने बाटो त्यहि नै हो। यसको अनुभूत गर्नका लागि पनि पढ्छन्। म आफैँले दुई लाईन दिएको छु। सारा समय आफना लागि दियौं, अब एकदिन बाआमाका लागि दिऊँ । यो मेरो किताबका लागि र मान्छेहरुका लागि अनुरोध हो। हुन त हरेक दिन बाआमाका लागि हो। हरेक दिन आफ्ना लागि भएका हुनाले एकदिन दिउँ भन्ने मेरो अनुरोध हो।

सन्तान र बाआमाको सम्वन्ध समाजमा कस्तो देख्नुहुन्छ?
अहिले पारिवारिक विखण्डन जस्तो देखिन्छ। हरेक व्यक्तिको स्वतन्त्रताको जीवन छ। पछिल्लो समय व्यक्तिगत जीवन जिउने समय छ। अलिक अगाडिको समयसम्म छोराछोरी, नातिनातिनासँग बस्ने उमेरले छेउ पुर्याएको भएपनि मृत्युको चिन्ता नजिकै भन्ने थाहा पाएर पनि मुस्काराएर जान्थ्यो। केही धोको छोराछोरीले पूरा गरे, केहि धोको नातिनातिनीले पूरा गरे भन्ने महसुस गरेर जान्थ्यो। आजभोलि बाआमाबाट यो कुरा खोसिएको छ। मर्नेबेला पनि सन्तान कोहि छैन। उसैको लागि घिडघिडाे राखेर मर्नुपर्ने बाध्यता छ। सन्तान घरका छेउछाउ छैनन्। जानेबेला पनि बिदाई गर्ने कोही हुँदैन। हामी घरबाट आउँदा छोटो समयका लागि भने पनि बाआमाले बिदाई गरेर पठाउँछन्। बाआमा सदासदाका लागि जाँदा भने बिदाई गर्ने पनि कोही हुँदैनन्। एक्लो जानुपरेको हुन्छ। त्यसैले पनि उसको आत्मा छट्पटिएको हुन्छ कि ? सन्तानले भन्न मिल्ने भए बाआमालाई तपाईं चितामा बस्दै गर्नु म आउँदैछु भन्थे होला । तर, त्यो भन्न नमिल्ने भएर हो।
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सामोआविरुद्ध नेपालले दियो २१२ रनको विशाल लक्ष्य शुक्रबार, असोज ३१, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
नयाँ पार्टी बनाउने मिराज ढुंगानाको घोषणा, वार्ता समिति गठन शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्