• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
साहित्यवार्ता

रामलाल जोशीको ‘बाआमा’: सबैका लागि शक्ति र सम्बन्ध!

64x64
नेपाल लाइभ शनिबार, भदौ ४, २०७९  ०७:१८
1140x725

झन्डै डेढ दशक शिक्षण पेसामा बिताएका रामलाल जोशीले २०५७ सालमै साहित्य क्षेत्रमा पाइला टेकेका थिए। २०५७ मा प्रकाशित ‘हत्केलामा आकाश’ गजलसंग्रहपछि साहित्यसिर्जनामा ‘मौन’ रहेका उनले २०७२ सालमा ‘ऐना’ ल्याए। सुदूरपश्चिमको धनगढीमा रहेर गरेको सिर्जनाले मदन पुरस्कार जितेपछि साहित्य क्षेत्रमा उनी जबर्जस्त रुपमा ‘स्थापित’ भए। त्यसपछि उनले पहिलो उपन्याश ‘सखी’ ल्याए, नयाँ कृतिको रुपमा अब ‘बाआमा’मार्फत् पाठकमाझ आउँदैछन्। मदन पुरस्कार विजेता ‘ऐना’का लेखक जोशीको नयाँ कृति ‘बाआमा’ लेखनको सन्दर्भमा नेपाल लाइभका लागि धनु विश्वकर्माले गरेको कुराकानी:

तपाईंको नयाँ कृति ‘बाआमा’ आउँदैछ, यसको मूल थिम चाहिँ के हो नि?
थिम त पाठकहरुले पढिसकेपछि निस्कर्ष निकाल्ने हो। लेखक स्वयंले यो चिज लेखे भनेर भन्दैन। यो मानव जीवनको एउटा उमेर पार गरेपछि वा उमेरको निश्चित चरणमा पुगेपछि उमेरको छेउमा उभिएका जेष्ठ नागरिकको वा बा-आमाको कथा हो। जीवनले भनौं या नियतिले किनाराकृत भएका समूह वा सम्पूर्ण जेष्ठ नागरिकका कथा हुन्। 

‘बाआमा’ पुस्तकको नामले नै समर्पण वा आदरभाव प्रस्तुत गर्दछ। किताबको नामै 'बाआमा' राख्नुको पार्श्र्वकथा केही छ?
यो मेरो कथा होइन। तर मेरो बुझाईमा भने किताबको नाम जटिल बनाइदिनुपर्छ जस्तो लाग्दैन। किताबको नाम भनेको आम मान्छेले पढ्ने र प्रयोग गर्ने खालका हुनुपर्छ। पहिलो भनेको हाम्रो जनजीवनसँग सम्बन्धित भएमा जनजिब्राेमा झुण्डिने खालको हुन्छ। दोस्रो कुरा भनेको यो पुर्खाहरुको कथा हो। यो विगतको कथा हो। यो मेरो कथा पनि होइन। भविष्यको कथा पनि होइन। बाआमा नै किन ? भने यो जेष्ठता र श्रृष्टिकर्ताको कथा हो। जसले संसारको संरचना गर्छ त्यो भनेको बाआमा हो। म त्यहाँ उभिएर मेरा बाआमा जस्तै, म जस्तै आम मान्छेका बाआमाको कथा हो। 

पहिलो कथा ऐना संग्रह नै चर्चित भयो। पुरस्कृत भयो। नयाँ कृति सिर्जना गर्दै गर्दा त्यसको प्रेसर महसुस हुन्छ कि हुँदैन? कोभिडले समयमा सिर्जना गर्न कत्तिको टेवा वा बाधा पुर्‍यायो?
त्यस्तो प्रेसर महसुस आजसम्म गरेको छैन्। मैले मदन पुरस्कार पाएको हो भनेर प्रेसर कहिले पनि लिइनँ। पुरस्कारले मलाई दबाबमा राखेको छैन। मलाई हेर्ने मान्छे छन्। मेरा धेरै पाठक छन्। म धेरैको नजरमा परेको छु। धेरै जनाले प्रतिक्षा गरिराख्नु भएको छ भन्ने प्रेसर भनौं वा अनुभूति चैं भएको छ। 

पहिलापहिला मैले आफ्नै लागि मात्र हो लेख्ने भन्ने हुन्थ्यो। अब आफ्ना लागि मात्र नभएर म पाठक वर्ग जो छ, उहाँहरुका लागि पनि लेख्छु भन्ने हुन्छ। त्यसैले न्याय गर्ने कोसिस गर्छु। साहित्य साधना हो। त्यसैले भनेको बेला आउँदैन, समय लाग्छ। भावनाहरुलाई परिस्कृत वा केहि विचारलाई लयमा ल्याउन समय लाग्छ। जसरी शिशुले आकार लिन आमाको कोखमा नौ महिना लगाउँछ भने यो साहित्य अजम्वरी छ। त्यसैले सिर्जनामा केहि समय लाग्छ। दिमागमा कुनै विचार आयो भने त्यसलाई खेलाउन समय लाग्छ नै। म कुनै  प्रेसर नलिईकन लेख्छु।

'ऐना' पछि मैले देशभरि दौडधुप गरें। जसले गर्दा 'सखी' आउन समय लाग्यो। यो  विषम परिस्थितिका कारण पनि पाठक वर्गमा 'बाआमा' आउन समय लागेको छ। 'सखी' आएपछि लगत्तै दुई वर्षमा यो किताब ल्याउने योजना बनाएको हो। कोभिडका कारण त्यो पुरा भएन। कोभिडमा समय प्रतिकूल थियो। ति निरासाका दिन थिए। त्यसैले पनि सिर्जना गर्न सहज भएन। कोरोनामा समय थियो तर, मलाई त्यो उर्जावान, आशावादी समय लागेन। समय भएर हुँदैन। अनुकूल पनि हुन जरुरी छ। त्यो समय चिहानले लाश पर्खे जस्तो थियो। समय उर्जावान भए म हिँड्दाहिँड्दै पनि साहित्य सिर्जना गर्न सक्छु। त्यसैले समय अभावका कारणले होइन प्रतिकूलताका कारणले भने सिर्जना रोकिन्छ। 

तपाईंले ऐनामा सुदूरपश्चिमको समाजको मनोविज्ञान पनि प्रस्तुत गर्नुभयो। पछि ‘सखी’ मा थारु समुदायमाथि लेख्नुभयो। 'बाआमा' कस्तो कृति हो? के यसले पनि निश्चत भूगोल परिवेश समेट्छ् ?
लेखक जहाँ बस्छ वा बसेर लेख्छ त्यहाँको प्रतिछाँया आउँछ नै। म सुदूरपश्चिममा बस्ने भएका हुनाले 'बाआमा' मा त्यहाँको समाजको मनोविज्ञान, भूगोल आएको छ। केहि पात्र छन्। यसमा तिनको जीवनशैली आउँछ। त्यहाँका जुन पात्र छन्। तिनको जीवनशैली, भाषा र भूगोल पक्कै त्यहाँको छ। तर, 'ऐना' र 'सखी' जस्तै पूर्णत: आन्चलिकतामा  लेखिएको होइन। यो सन्तान र तिनका उत्पत्तिकर्ताको कथा हो। मानव जीवन भनौं वा मानिसहरुको उत्तरार्द्धकाे कथा हो। विवशताको कथा हो। त्यसैले 'बाआमा' आम मान्छेको कथा हो। 

यसमा केही सुदूरपश्चिमको भाषा, संस्कार, भूगोल पक्कै जोडिन्छन्। मेरो आफनो विश्वास के हो भने ‘ऐना’ पनि सुदूरपश्चिमका किनाराकृत पात्रहरुको कथा हो। यसमा दलित, थारु अझ भनौं उत्पीडितहरुको आम मान्छेको आँखाबाट ओझेलमा परेका कथा हो। ‘सखी’ थारु समुदायमाथि लेखिएको कथा हो। त्यस्तै ‘बाआमा’ पनि उमेर वा बुढ्यौलीले एउटा किनारा वा छेउमा पारिएकाको कथा हो। मानव जीवनको उमेर समूहका कारण किनारामा लगेर उभ्याइदिन्छ। त्यस्ता तमाम मान्छेको कथा हो। त्यसैले पनि यसलाई म विवशताको कथा भन्न रुचाउँछु।

nimb
nimb
Ncell 2
Ncell 2

म बाँचेको ठाउँमा धेरै कथा व्यथाहरु छन्। त्यसकारणले ति कथाहरुलाई ल्याउने कुरा हो। ति कथालाई मैले सक्दो पोको पारेर ल्याएको हो। पहिला गजल लेख्थेँ। त्यो उमेरानुसारले पनि होला। अहिले पनि लेख्छु। भोलिका दिनमा गजल नआउला भन्न सकिदैँन। अहिले म बाँचेको ठाउँमा यतिका कथा छन्। मैले मेराे समुदाय वरपरका कथा त भनिदिनुपर्यो नि। मेरा वरिपरिका पात्रहरु कथा मैले नसुनाइदिए कसले सुनाइदिन्छ र? उपन्यास, कथा, आख्यानका माध्यमबाट होस् मैले सुनाउनुपर्ने कथाहरु धेरै छन्। यहि लागेर पनि मैले 'बाआमा' लेखेको हुँ। ऐना कथा हो। 'सखी' उपन्यास हो। 'बाआमा' भने उपन्यासिक कथा संग्रह हो। बाआमा ऐना जस्तो मात्र होइन, 'सखी' जस्तो उपन्यास मात्र होइन। यी दुवैको संगम पनि हो। 'बाआमा' पढ्दा पाठकले पुरै उपन्यासको अनुभूति गर्छ। कुनै कथा मात्र पढ्दा त्यो कथाको अनुभूति गर्छ।

सामान्यतया लेखक काठमाडौं केन्द्रित देखिन्छन्। यहीँ बस्न रुचाउँछन्। तर, तपाईं सुदूरपश्चिममै  रमाइरहनुभएको छ नि?
वास्तवमा लेखकले एक ठाउँमा बस्ने नै होइन। लेख्नका लागि बस्ने हो। उसलाई सामग्री चाहिन्छ। अनुभव चाहिन्छ। जीवनजगत् आफनै आँखाले हेर्नुपर्छ। म त्यसैले बझाङ्ग, बाजुरा, कैलाली र कहिले नेपालगञ्जमा हुन्छु। म मान्छेहरुले चिन्नका लागि धनगढी निवासी छु। चारैतिर घुमिराखेको हुन्छु। कैलालीमा मात्र सीमित नभएर वर्षको सात/आठ चोटि काठमाडाैंमा भेटिन्छु। जता भेटिए पनि तर, लेखनका लागि जहाँ सहज हुन्छ। लेखनलाई कुनै असर पार्दैन त्यहाँ बसेर लेख्ने हो। ठूलाठूला ग्रन्थ पनि नदी किनारमा लेखिएका छन्। कतिपय जंगलका झाडीमा लेखिएका छन्। मलाई काठमाडौंको कोलाहल भन्दा सुदूरको एकान्त वा कुनै पहाडको एकान्त मनपर्छ। त्यहि वातावरणमा लेख्न रुचाउँछु। 

भनिने र मानिने गरेको केन्द्रभन्दा पर बस्दाका लाभहानी के हुँदा रहेछन्?
पहिलापहिला त्यो थियो। अहिले काठमाडौंका मिडियाले लेख्ने वा काठमाडौंका दृष्टिकोणले मात्र देख्नेभन्दा अहिले पाठकको आँखा बलियो भएको महसुस भएको छ। देशभरिका पाठकको आँखा सबैभन्दा बलियो छ। त्यसैले काठमाडौं वा यहाँका मिडियाले लेखेन भन्दैमा पाठकसम्म नपुग्ने भन्ने छैन। सामाजिक सञ्जालका कारण हरेकको हातमा मिडिया छ, त्यति शक्तिशाली भइसकेका छन्। अब पाठकले न्याय गर्ने समय आएको छ। मलाई चाहिं अब धनगढी र झापा बस्ने भएका कारणले कोहि ओझेलमा पर्छन् जस्तो लाग्दैन। अनि, कोहि केन्द्रमा बसेकै कारण अवसर पाउँछन् जस्तो पनि लाग्दैन। यद्यपि प्रवृति चैं यो खालको छ। यहाँका मिडियामा रमाउने, यहींको बुद्धिजिवी वर्गका सर्कलमा रहने र बाहिरका लेखकहरुले प्राथमिकता नपाएको जस्तो देखिएको छ। लेखनको शक्ति र पाठकको हातमा अझ बढी निर्भर रहन्छ। लेखनको शक्तिले पाठकका आँखा उघारेको छ।

सुदूरपश्चिमका भनिन बाँकी र लेखिन बाँकी कुराहरु कति छन् वा आइसके?
सुदूरपश्चिमको विगत आउन सकेको छैन। तमाम कथाहरु लेखिन बाँकी छन्। वर्तमान त भोगिनै राखेका छौं। हामीले हाम्रो विगत पनि भन्न बाँकी छ। र, भविष्य पनि सुनाउन बाँकी छ। सुदूरपश्चिमको छेउटुप्पो पनि आएको छैन। जति आए ती सतही रुपमा आएका छन्। सांस्कृतिक विशालता, जीवनशैली, कथा-व्यथाहरु बाँकी छन्। सुदूरपश्चिमले गरेका कुर्वानीका कथा लेख्न बाँकी नै छन्। गरिबीकाे कथा, राज्यले पछाडि पारिएको भूगोलको विवशताका कथा लेख्न बाँकी छन्। सतहमा समानता देखिएको मात्र हो। राज्यले, केहि भूगोलले समान देखे पनि हामीले हाम्रो विगतसँग तुलना गर्ने हो भने त्यो दु:खद् कथा भन्न अझै बाँकी छ।

के पूर्णकालिन लेखक भइबस्ने वातावरण बन्न थालेको हो ?
मैले अनुभूति गरेको छु। पूर्णकालिन लेखक भएर बस्न सकिन्छ जस्तो भान भएको छ। 'ऐना' भन्दा अगाडि मेरो २०५७ सालमा मेरो हत्केलामा 'आकाश' आयो। त्यसपछि २०७२ सालमा मैले 'ऐना' ल्याएको हुँ। मेरो लेखन १५ वर्षसम्म ओझेलमा पर्यो। म बसेको ठाउँमा साहित्यिक कार्यक्रम गरें। मेरो लेखन भने ओझेलमा परेको थियो। 'ऐना' आएपछि एउटा आधार मलाई त्यसले दिएको हो। पाठकहरुको विशाल समुदायका कारण पनि यो जग बस्यो। 'ऐना' ले दिएको सफलताले पनि मलाई लेखेर बाँच्न सक्छु भन्ने अनुभूति गरायो। त्यसपछि २०७४ सालमा शिक्षण पेशा छोडेँ। अहिले पूर्णकालिन रुपमा लेखनमा रमाइरहेको छु। त्यसका लागि आवश्यक सामग्री बटुलिराखेको छु। पेशासँग सम्बन्धित अनुसन्धान गरिराखेको छु। चार वर्षमा एउटा किताब लेख्ने बाँकी हल्लिएर बस्ने पनि होइन।  लेखन पेशासँग सम्बन्धित कामहरुले गर्दा पनि अब वाँच्न सकिन्छ भन्ने विश्वास गरेको छु। मैले यसरी नै परिवार धानिराखेको छु। यसले गर्दा खुशी अझ उत्साहित पनि छु।

कतिपयले पहिलो कृतिसँग दोस्रोको प्रतिस्पर्धा हुन्छ भन्ने गरेका छन्, यसमा कत्तिको सहमत हुनुहुन्छ ?
यो म आफैँले भनेको कुरा हो। हरेक लेखकको कृति अरुको कृतिसँग कहिले प्रतिस्पर्धा गर्दैन। उसको आफनै पहिलो कृतिसँग प्रतिस्पर्धा गरिराखेको हुन्छ। पहिलो आउँदा बरु अरुकासँग तुलना हुन्छ। दोस्रो तेस्रो आएपछि भने को भन्दा को अब्बल भनेर स्वयंका कृति तुलना हुन्छन्। 'ऐना' सँग 'सखी' को तुलना भयो होला। अब 'बाआमा' 'ऐना' र 'सखी' सँग तुलना पक्कै हुन्छ होला। मेरो आफनै मूल्याङ्गकनले भने 'ऐना'भन्दा 'सखी'मा भाषिक वा विषयवस्तुका हिसाबमा निखारिएको मान्छु। त्यसमा अझ मलाई सन्तुष्टि मिलेको थियो। 'ऐना' र 'सखी' भन्दा 'बाआमा' अझ निखारिएर आएको छ भन्ने लाग्छ मलाई।

'बाआमा' लेख्दा लेखन अवधिभर अनुभूति कस्तो रह्यो ?
लेखनका समय यतिउति भन्ने हुँदैन। 'बाआमा' लेख्न करिब तीन वर्ष लागेको हो। आफैँ भावना, अनुभूतिमा डुबेर म त्यहि चरणमा पुगेर लेखेँ। धेरैचोटि आँसु खसाए। हाँसो पनि लाग्यो। लेखन अवधिभर संवेदनामा रहेर नै लेखेको हो। भावना करुणामा रहेर कतै आफनै विगततिर गएको अनुभव पनि हो। लेखिसकेपछि भने मभित्रको पिलो निचोरिए जस्तो अनुभूत गरे। छट्पटि शान्त भएजस्तो भयो। बाढीले निकास पाएजस्तो भयो। 

हुन त बाआमा किन पढ्ने भन्ने प्रश्नको ठ्याक्कै उत्तर छैन्। खाना केकाे लागि खाने, त्यस्तै किताब केकाे लागि पढ्ने भन्ने जस्तै पनि हो। किताब पढ्ने पनि अब बाँच्नकै लागि भइसकेको छ। जहाँ चेतना, ज्ञान र आनन्द चाहिन्छ त्यहाँ किताब पढ्नुपर्छ। 'बाआमा' पढ्दा भावना र हृदय गाँसिन्छ। उमेर त्यसको नियतले छेउमा उभिएको कथा भएकाले पनि यो पढ्छन् जस्तो लाग्छ। हरेक मान्छेको जानुपर्ने बाटो त्यहि नै हो। यसको अनुभूत गर्नका लागि पनि पढ्छन्। म आफैँले दुई लाईन दिएको छु। सारा समय आफना लागि दियौं, अब एकदिन बाआमाका लागि दिऊँ । यो मेरो किताबका लागि र मान्छेहरुका लागि अनुरोध हो। हुन त हरेक दिन बाआमाका लागि हो। हरेक दिन आफ्ना लागि भएका हुनाले एकदिन दिउँ भन्ने मेरो अनुरोध हो।

सन्तान र बाआमाको सम्वन्ध समाजमा कस्तो देख्नुहुन्छ?
अहिले पारिवारिक विखण्डन जस्तो देखिन्छ। हरेक व्यक्तिको स्वतन्त्रताको जीवन छ। पछिल्लो समय व्यक्तिगत जीवन जिउने समय छ। अलिक अगाडिको समयसम्म छोराछोरी, नातिनातिनासँग बस्ने उमेरले छेउ पुर्याएको भएपनि मृत्युको चिन्ता नजिकै भन्ने थाहा पाएर पनि मुस्काराएर जान्थ्यो। केही धोको छोराछोरीले पूरा गरे, केहि धोको नातिनातिनीले पूरा गरे भन्ने महसुस गरेर जान्थ्यो। आजभोलि बाआमाबाट यो कुरा खोसिएको छ। मर्नेबेला पनि सन्तान कोहि छैन। उसैको लागि घिडघिडाे राखेर मर्नुपर्ने बाध्यता छ। सन्तान घरका छेउछाउ छैनन्। जानेबेला पनि बिदाई गर्ने कोही हुँदैन। हामी घरबाट आउँदा छोटो समयका लागि भने पनि बाआमाले बिदाई गरेर पठाउँछन्। बाआमा सदासदाका लागि जाँदा भने बिदाई गर्ने पनि कोही हुँदैनन्। एक्लो जानुपरेको हुन्छ। त्यसैले पनि उसको आत्मा छट्पटिएको हुन्छ कि ? सन्तानले भन्न मिल्ने भए बाआमालाई तपाईं चितामा बस्दै गर्नु म आउँदैछु भन्थे होला । तर, त्यो भन्न नमिल्ने भएर हो।
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
सम्बन्धित सामग्री
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्