काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी संस्करणको ‘सी’ डिभिजन छनोटका लागि क्लब, खेलाडी र अफिसियलहरुको दर्ता शुल्क निर्धारण गरेको छ।
एन्फाले बुधबार एक सूचनामार्फत् ‘सी’ डिभिजन छनोटका लागि इच्छुक क्लब, खेलाडी र अफिसियलका लागि निर्धारण गरेको दर्ता शुल्क सार्वजनिक गरेको हो।
आगामी असोज १ गतेदेखि सुरु हुने ‘सी’ डिभिजन छनोटमा भाग लिनका लागि क्लब दर्ता शुल्क २५ हजार तोकिएको छ। यता, खेलाडी र अफिसियलको दर्ता शुल्क समान एक/एक हजार रुपैयाँ तोकिएको छ।
‘सी’ डिभिजन छनोटमा सहभागि हुनका लागि इच्छुक क्लबले तोकिएको शुल्कसहित एन्फाको सचिवालयमा यही भदौ २४ गतेभित्र टिम दर्ता गराउने पर्नेहुन्छ।
क्लब दर्ता गर्नका लागि आवश्यक कागजातहरुः
१) जिल्ला प्रशासन कार्यालय, राखेप, जिल्ला खेलकुद विकास समिति, वाणिज्य विभाग वा स्थानीय तहमा दर्ता प्रमाण–पत्रको प्रतिलिपि।
२) कर चुक्ता आर्थिक वर्ष (२०७७-७८)
३) क्लबको विधानको प्रतिलिपि
४) स्थानीय लेखा प्रमाण पीएनएको प्रमाण–पत्रको प्रतिलिपि।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।