• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मोरङ-६ : शेखरलाई लालबाबुको चुनौती, अन्तर्घातको डर

64x64
राजनीतिक ब्यूरो बुधबार, भदौ १, २०७९  २१:३८
1140x725

विराटनगर– ६ वटा निर्वाचन क्षेत्र भएको मोरङमा धेरैको चासोचाहिं क्षेत्र नम्बर ६ मा रहने गर्छ। कांग्रेस संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका शेखर कोइराला २०७४ को निर्वाचनमा त्यहींबाट पराजित भएका थिए। यसपटक पनि उनी नै उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ। कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले पनि सोही क्षेत्रबाट उम्मेवार बन्ने चाहना राखेकी छिन्। नेपाल महिला संघकी पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेकी संग्रौला दुईपटक समानुपातिकतर्फ निर्वाचित भइसकेकी छिन्। पार्टीमा उनी सभापति शेरबहादुर देउवाको निकट मानिन्छिन्।

एमालेबाट लालबाबु पण्डित नै पुन: उम्मेदवार बन्ने एमालेका नेताहरु बताउँछन्। पण्डितले यसअघि कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए। वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाउँदा कोइरालाले भने ३३ हजार २६६ मत मात्रै पाएका थिए। सो निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए। त्यसबेला कोइराला आफ्नै पार्टी पंक्तिबाट अन्तर्घात भएका कारण पराजित भएको बताइन्छ।

सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका अन्य दलको खासै दाबी छैन। त्यसैले मंसिरमा हुने निर्वाचनमा कोइराला र पण्डितबीच नै प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

मोरङ- ६ अन्तर्गत बुढीगंगा गाउँपालिकाका सबै वडा पर्छन्। त्यस्तै, विराटनगर महानगरपालिकाका वडाहरु ४, ५, ६, ७, ९, ११, १२ तथा सुन्दरहरैंचा नगरपालिकाका वडाहरु  २, ३, ४, ५, ६ र ७ पर्छन्।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङ ६ अन्तर्गत पर्ने विभिन्न पालिकाका २० वटा वडामध्ये कांग्रेसले १२ वटाको अध्यक्षमा जित निकालेको छ। त्यस्तै, एमालेले ५, माओवादी केन्द्रले १, जसपाले १ र स्वतन्त्र १ वडाको अध्यक्ष जितेका छन्। २० वटै वडाका वडाध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा कांग्रेस अगाडि छ। उसले २८ हजार ४२८ मत पाएको देखिन्छ।

त्यस्तै, एमालेले २५ हजार २३६, माओवादी केन्द्रले ५ हजार ३५६, जसपाले ३ हजार ९३९, राप्रपाले ३ हजार ६८९, एकीकृत समाजवादीले २ हजार ३६९ मत पाएका छन्। अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारको एकीकृत मत ५ हजार ७४१ छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तहको मत हेर्दा सो क्षेत्रमा कांग्रेस ३ हजारभन्दा बढी मतले अगाडि देखिन्छ। सत्तारुढ दलहरुको गठबन्धन बन्दा कांग्रेस उम्मेदवारको रुपमा कोइरालालाई अझै सहज हुनेछ। किनकि त्यतिबेला उनको पक्षमा साढे ११ हजारभन्दा बढी मत थपिनेछ। तर, स्थानीय तहकै अनुसार मत खस्छ वा खस्दैन र तालमेलको स्वीकारोक्ति कुन किसिमले हुन्छ, त्यसले पनि भूमिका खेल्नेछ।

सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री रहँदा गरेका केही कामले लालबाबु पण्डितलाई चर्चा दिलाएको थियो। तर, केपी ओली नेतृत्वको पछिल्लो सरकारमा उनले प्रशंसा पाउन सकेनन्। बरु बीचमा मन्त्रीबाट बाहिरिनुपर्‍यो। पार्टीभित्र पनि माधव नेपाल निकट मानिने उनी नेकपा विवाद चर्किँदै गएपछि ओलीतिर लागेका थिए, तर निकट भने मानिँदैनन्। एमालेको दशौं महाधिवेशनमा उनी केन्द्रीय सदस्य समेत बनाइएका थिएनन्। पछि मनोनयनमा परेका थिए। त्यसैले उनले टिकट पाउने  र जित्ने सम्भावनामा प्रशस्तै शंका गर्न सकिन्छ।

कांग्रेसको १४औं उम्मेदवारमा शेखर कोइराला सभापतिका प्रत्यासी थिए। पराजित भए पनि उनी प्रभावशाली ठानिन्छन्। सत्ता गठबन्धन आबद्ध दलहरुबीच तालमेल भएमा कोइराला लाभान्वित हुनेछन्। यसअघि पण्डितलाई पुगेको फाइदा यसपटक कोइरालालाई पुग्नेछ।

तर कोइरालाका अप्ठ्यारा पनि छन्। पछिल्ला दिनमा पनि उनले सभापति शेरबहादुर देउवासँग टक्कर लिन खोजिरहेका छन्। तर सफलता पाउन सकेका छैनन्। पार्टीभित्र देउवासँगै संघर्ष गर्ने गरेका कारण निर्वाचनमा शेखरलाई संस्थापन पक्षबाट अन्तर्घात हुनसक्ने डर उनी पक्षका नेताहरुले व्यक्त गर्ने गरेका छन्।
०००
मोरङ- ६
२०७४ को प्रतिनिधि सभा निर्वाचनको मत परिणामः

लाल बाबु पण्डित: ३३९४१ 
डा शेखर कोइराला: ३३२६६ 
अन्य: ७६६६ 
०००
२०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा मोरङ ६ अन्तर्गतका वडामा वडाध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतः
कांग्रेस: २८४२८
एमाले: २५२३६
माओवादी केन्द्र: ५३५६
जसपा: ३९३९
राप्रपा: ३६८९
एकीकृत समाजवादी: २३६९
अन्य: ५७४१

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २१:३८
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्