• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मोरङ-६ : शेखरलाई लालबाबुको चुनौती, अन्तर्घातको डर

64x64
राजनीतिक ब्यूरो बुधबार, भदौ १, २०७९  २१:३८
1140x725

विराटनगर– ६ वटा निर्वाचन क्षेत्र भएको मोरङमा धेरैको चासोचाहिं क्षेत्र नम्बर ६ मा रहने गर्छ। कांग्रेस संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका शेखर कोइराला २०७४ को निर्वाचनमा त्यहींबाट पराजित भएका थिए। यसपटक पनि उनी नै उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ। कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले पनि सोही क्षेत्रबाट उम्मेवार बन्ने चाहना राखेकी छिन्। नेपाल महिला संघकी पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेकी संग्रौला दुईपटक समानुपातिकतर्फ निर्वाचित भइसकेकी छिन्। पार्टीमा उनी सभापति शेरबहादुर देउवाको निकट मानिन्छिन्।

एमालेबाट लालबाबु पण्डित नै पुन: उम्मेदवार बन्ने एमालेका नेताहरु बताउँछन्। पण्डितले यसअघि कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए। वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाउँदा कोइरालाले भने ३३ हजार २६६ मत मात्रै पाएका थिए। सो निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए। त्यसबेला कोइराला आफ्नै पार्टी पंक्तिबाट अन्तर्घात भएका कारण पराजित भएको बताइन्छ।

सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका अन्य दलको खासै दाबी छैन। त्यसैले मंसिरमा हुने निर्वाचनमा कोइराला र पण्डितबीच नै प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

मोरङ- ६ अन्तर्गत बुढीगंगा गाउँपालिकाका सबै वडा पर्छन्। त्यस्तै, विराटनगर महानगरपालिकाका वडाहरु ४, ५, ६, ७, ९, ११, १२ तथा सुन्दरहरैंचा नगरपालिकाका वडाहरु  २, ३, ४, ५, ६ र ७ पर्छन्।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङ ६ अन्तर्गत पर्ने विभिन्न पालिकाका २० वटा वडामध्ये कांग्रेसले १२ वटाको अध्यक्षमा जित निकालेको छ। त्यस्तै, एमालेले ५, माओवादी केन्द्रले १, जसपाले १ र स्वतन्त्र १ वडाको अध्यक्ष जितेका छन्। २० वटै वडाका वडाध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा कांग्रेस अगाडि छ। उसले २८ हजार ४२८ मत पाएको देखिन्छ।

त्यस्तै, एमालेले २५ हजार २३६, माओवादी केन्द्रले ५ हजार ३५६, जसपाले ३ हजार ९३९, राप्रपाले ३ हजार ६८९, एकीकृत समाजवादीले २ हजार ३६९ मत पाएका छन्। अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारको एकीकृत मत ५ हजार ७४१ छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तहको मत हेर्दा सो क्षेत्रमा कांग्रेस ३ हजारभन्दा बढी मतले अगाडि देखिन्छ। सत्तारुढ दलहरुको गठबन्धन बन्दा कांग्रेस उम्मेदवारको रुपमा कोइरालालाई अझै सहज हुनेछ। किनकि त्यतिबेला उनको पक्षमा साढे ११ हजारभन्दा बढी मत थपिनेछ। तर, स्थानीय तहकै अनुसार मत खस्छ वा खस्दैन र तालमेलको स्वीकारोक्ति कुन किसिमले हुन्छ, त्यसले पनि भूमिका खेल्नेछ।

सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री रहँदा गरेका केही कामले लालबाबु पण्डितलाई चर्चा दिलाएको थियो। तर, केपी ओली नेतृत्वको पछिल्लो सरकारमा उनले प्रशंसा पाउन सकेनन्। बरु बीचमा मन्त्रीबाट बाहिरिनुपर्‍यो। पार्टीभित्र पनि माधव नेपाल निकट मानिने उनी नेकपा विवाद चर्किँदै गएपछि ओलीतिर लागेका थिए, तर निकट भने मानिँदैनन्। एमालेको दशौं महाधिवेशनमा उनी केन्द्रीय सदस्य समेत बनाइएका थिएनन्। पछि मनोनयनमा परेका थिए। त्यसैले उनले टिकट पाउने  र जित्ने सम्भावनामा प्रशस्तै शंका गर्न सकिन्छ।

कांग्रेसको १४औं उम्मेदवारमा शेखर कोइराला सभापतिका प्रत्यासी थिए। पराजित भए पनि उनी प्रभावशाली ठानिन्छन्। सत्ता गठबन्धन आबद्ध दलहरुबीच तालमेल भएमा कोइराला लाभान्वित हुनेछन्। यसअघि पण्डितलाई पुगेको फाइदा यसपटक कोइरालालाई पुग्नेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर कोइरालाका अप्ठ्यारा पनि छन्। पछिल्ला दिनमा पनि उनले सभापति शेरबहादुर देउवासँग टक्कर लिन खोजिरहेका छन्। तर सफलता पाउन सकेका छैनन्। पार्टीभित्र देउवासँगै संघर्ष गर्ने गरेका कारण निर्वाचनमा शेखरलाई संस्थापन पक्षबाट अन्तर्घात हुनसक्ने डर उनी पक्षका नेताहरुले व्यक्त गर्ने गरेका छन्।
०००
मोरङ- ६
२०७४ को प्रतिनिधि सभा निर्वाचनको मत परिणामः

लाल बाबु पण्डित: ३३९४१ 
डा शेखर कोइराला: ३३२६६ 
अन्य: ७६६६ 
०००
२०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा मोरङ ६ अन्तर्गतका वडामा वडाध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतः
कांग्रेस: २८४२८
एमाले: २५२३६
माओवादी केन्द्र: ५३५६
जसपा: ३९३९
राप्रपा: ३६८९
एकीकृत समाजवादी: २३६९
अन्य: ५७४१

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २१:३८
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्