चितवन– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बाम एकता स्वागतयोग्य रहेको बताएका छन्।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको बाम एकता स्वागतयोग्य रहेको बताए।
निर्वाचनमा मिलेर जानुपर्छ भन्ने भावना मात्रै होइन अब दीर्घकालीन एकता आवश्यक रहेको उनको भनाई छ।
‘तत्काल कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट पार्टी निर्माण हुने देखिदैन’, उनले भने, ‘तर राष्ट्रिय मुद्दामा सबै कम्युनिष्ट एक हुनुपर्छ।’
अहिले पनि आफ्नो पार्टी संघीयताको विरोधी रहेको बताउँदै उनले स्थानीय निकायको निर्वाचनले मात्रै संघीयता स्थापित नहुने बताए।
एमाले र माओवादी दक्षिणपन्थी रहेको बताउँदै उहाँले अब यसलाई वास्तबिक कम्युनिष्ट बनाउन सके मात्रै पार्टी एकतामा जान सकिने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।