काठमाडौं– युभेन्ट्सले इटालियन सिरी ए मा सहज जित निकालेको छ। सोमबार राति सम्पन्न खेलमा युभेन्ट्सले सास्सुओलोलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
युभेन्ट्सको जितमा दुसान भ्लाहोभिकले २ गोल गरे। यता, एक गोल भने एन्जल डी मारियाले गरेका थिए।
खेलको २६औं मिनेटमा मारियाले सिरी ए को डेब्यू खेलमा नै गोल गरे। उनी यसै वर्ष फ्रेन्च लिग वानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले छोडेर युभेन्ट्स गएका थिए।
४३औं मिनेटमा दुसानले पेनाल्टीमार्फत् गोल गरे। ५१औं मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जित दिलाए।
जितसँगै युभेन्ट्सले महत्त्वपूर्ण ३ अंक जोडेको छ। युभेन्टसले अब अर्को खेल अगस्ट २३ मा साम्पडोरियाविरुद्ध खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।