काठमाडौं– स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले विजयी सुरूआत गरेको छ।
सोमबार सम्पन्न ला लिगाको यस सिजनको पहिलो खेलमा एट्लेटिकोले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
एट्लेटिको जितमा अल्भारो मोराटाले २ गोल गरेका थिए। यता, एन्टोनी ग्रिजम्यानले एक गोल गरे। खेलमा तीनै गोल जोआओ फेलिक्सले असिस्ट गरेका थिए।
खेलको १५ र ५९औं मिनेटमा मोराटाले गोल गरे। यस्तै, ७५औं मिनेटमा ग्रिजम्यानले एक गोल थप्दै टोलीलाई ३-० को जित दिलाए।
योसँगै एट्लेटिकोले नयाँ सिजनको शानदार सुरुआत गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।