काठमाडौं– प्रिमियर लिगको उपाधि दावेदार लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ।
सोमबार राति सम्पन्न खेलमा १० खेलाडीमा सीमित लिभरपुल १-१ को बराबरीमा रोकिएको हो। जारी प्रतियोगितामा लिभरपुलको यो दोस्रो बराबरी हो।
३२औं मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै पाहुना टोली प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५७औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले जोएचिम एन्डरसनलाई हेडबट (टाउकोले हानेपछि) सिधै रातो कार्ड पाए।
त्यसको ४ मिनेटपछि लुइस डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल नहुँदा लिभरपुल लगातार दोस्रो खेल बराबरीमा रोकिन पुग्यो। पहिलो खेलमा लिभरपुल फुलह्यामसँग २-२ को बराबरीमा रोकिएको थियो।
लिभरपुल २ खेलमा २ अंकसहित दोस्रो स्थानमा छ। प्यालेस अंकको खाता खोल्दै १६औं स्थानमा अवस्थित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।