• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दाङ- २ : ‘डिफेन्डिङ च्याम्पियन’ महरा र प्रभावशाली पोखरेल

64x64
राजनीतिक ब्यूरो मंगलबार, साउन ३१, २०७९  ०७:४२
1140x725

काठमाडौं- २०७४ सालमा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रलाई बाँडफाँटमा सकस भएकोमध्ये एक क्षेत्र हो- दाङ-२। त्यहाँ एमालेबाट शंकर पोखरेल र माओवादी केन्द्रबाट कृष्णबहादुर महरा आकांक्षी थिए। पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट र महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निकट भएका कारण त्यो आकांक्षा प्रतिष्ठाको लडाइँमा परिवर्तन भएको थियो।

अन्तिममा महराले प्रतिनिधि सभातर्फ टिकट पाए। जिते र सभामुख बने। पोखरेल प्रदेश सभा अन्तर्गत दाङ- २ (१) बाट  विजयी भए। लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने। दुवैले आफ्नो पूर्ण कार्यकाल बिताउन भने पाएनन्।

यसबीचमा एमाले र माओवादी केन्द्रबीच एकता भएर पनि विभाजन भइसकेको छ। र, दुवैको आँखा फेरि दाङ-२ मै परेको छ। यतिबेला पार्टीगत रुपमा प्रतिस्पर्धा गर्न कठिन छैन। तर, राजनीतिक समीकरणदेखि दुई पार्टीको प्रभावमा समेत उल्लेखनीय परिवर्तन आएको सन्दर्भमा यी दुई नेताबीचको प्रतिस्पर्धा भने रोचक नै हुनेछ।

महराले २०४८ मा रोल्पा- २, २०६४ मा दाङ-३, २०७० मा रोल्पा-१ र २०७४ मा दाङ-२ बाट प्रतिस्पर्धा गरेका थिए। सबै निर्वाचनमा उनी विजयी भएका थिए। पोखरेलले भने २०५१ मा दाङ- ३, २०५६ मा दाङ-३, २०७० मा दाङ-४ र २०७४ मा दाङ- २ (१) (प्रदेश सभा, लुम्बिनी प्रदेश) बाट प्रतिस्पर्धा गरेका थिए। २०५६ र २०७० मा पराजित भएका थिए। २०६४ मा भने उनी समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। उनले प्रतिस्पर्धा गर्दै आएको दाङ- ३ र दाङ-४ मिलाएर २०७४ देखि दाङ-२ बनेको थियो।

अहिले दाङ-२ अन्तर्गत बंगलाचुली गाउँपालिकाका सबै वडाहरु, घोराही उपमहानगरपालिकाको वडाहरु ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ तथा तुलसीपुर उपमहानगरपालिकाका वडाहरु १६, १७, १८ र १९ पर्छन्। सबै गरी यो निर्वाचन क्षेत्रमा तीन पालिकाका २७ वटा वडाहरु पर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दाङ-२ अन्तर्गत पर्ने २७ वटा वडाहरुमध्ये एमालेले ११, कांग्रेसले १० वटा, माओवादी केन्द्रले ५ वटा र स्वतन्त्रले एउटा वडाको अध्यक्ष जितेका छन्। ती सबै वडामा एमालेका अध्यक्षहरुले प्राप्त गरेको एकीकृत मत बढी छ। त्यहाँ एमालेले ३३ हजार ५९३, कांग्रेसले २३ हजार ३०१, माओवादी केन्द्रले १० हजार ४७८, राप्रपाले ३ हजार २६४ र एकीकृत समाजवादीले २ हजार ९४२ मत पाएका छन्। अन्य विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको मत भने ४ हजार ३९२ मत पाएका छन्।

सबै पार्टीले एकल प्रतिस्पर्धा गरेमा र स्थानीय तहको निर्वाचनकै मतदान 'ट्रेन्ड' रहेमा एमालेका उम्मेदवारका रुपमा पोखरेलले सहजै जित निकाल्न सक्ने देखिन्छ। तर, सत्ता गठबन्धन आबद्ध दलहरुले तालमेल गरेमा भने पोखरेललाई कठिन हुनसक्छ। किनकि, त्यस क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रले पाएको एकीकृत मत ३६ हजार ७२१ छ। तर, एमालेले राप्रपासँग गठबन्धन गर्ने सम्भावना उच्च छ। राप्रपामा मत खसाल्ने मतदाताले पोखरेललाई मत दिएमा उनको पक्षमा ३६ हजार ८५७ मत देखिन्छ। जुन मत सत्ता गठबन्धनको भन्दा बढी हो।

स्थानीय तहको निर्वाचनको परिणामले एउटा संकेत दिने भएपनि त्यसकै आधारमा जित हार आकलन गर्न सकिँदैन। खासगरी दुई प्रभावशाली व्यक्तिबीच प्रतिस्पर्धा भइरहँदा उनीहरुको व्यक्तित्वदेखि पार्टीभित्रका गुट र विगतका तीतोपीरोले पनि भूमिका खेल्छन्। 

दाङमा महराको प्रभाव राम्रै छ। त्यसैले पनि उनी बीचमा रोल्पाबाट उम्मेदवार भएका भएपनि पुनः दाङ नै फर्किएका थिए। त्यहाँ उनले जित्दै पनि आएका छन्। तर, यसबीचमा उनको सार्वजनिक प्रभाव भने घटेको छ। सभामुखबाट राजीनामा दिनुपर्ने गरी लागेको आरोपले नै उनको छवि धेरै हदसम्म बिग्रिएको छ।

पार्टीभित्र पनि उनी जुझारु नेताको रुपमा देखिन छाडेका छन्। उनको घट्दो प्रभावको आकलन गरेरै हुनुपर्छ, गत चैतमा उनकै स्वकीय सचिव तथा दाङका नेता प्रमोद शर्मा एमाले प्रवेश गरेका थिए। त्यस्तै वैशाखमा माओवादी केन्द्रका दाङ इन्चार्ज जीवन गौतम पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए।

यही बीचमा पोखरेल भने पार्टीभित्र प्रभावशाली भएका छन्। गत महाधिवेशनमा उनी निर्विरोध महासचिव निर्वाचित भएका थिए। उनलाई भावी पार्टी अध्यक्षको रुपमा पनि हेर्न थालिएको छ। गत निर्वाचनपछि मुख्यमन्त्री हुँदा उनी कतिपय विषयमा आलोचित भएपनि प्रदेश राजधानी दाङमा ल्याउन सफल भए। त्यसलाई उनले निर्वाचनमा 'क्यास' गर्न सक्छन्।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ०७:४२
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्