नयाँ दिल्ली– निर्देशक अभिषेक कपुरले आफ्नो आगामी फिल्म ‘केदारनाथ’ को पहिलो सेड्युल पुरा गरेका छन्। यही मौका छोपेर उनले फिल्मका नायक सुशान्त राजपुत र सारा अली खानसँगै फोटो पोस्ट गरेका छन्।
फोटो पोस्ट गरेसँगै अभिषेकले ट्विटरमा ठूलो समस्या र प्रतिकूल मौसमका बीच सुटिङ पुरा भएको जानकारी दिएका छन्। सैफ अली खान र अमृता सिंहकी छोरी सारा यही फिल्ममार्फत बलिउडमा ‘डेव्यु’ गर्दैछिन्।
यस फिल्मकी सह–निर्देशक एकता कपुर पनि फिल्मको सेटमा पुगेकी थिइन्। फिल्मको सुटिङ हिन्दुहरुको धार्मिक तीर्थस्थल केदारनाथमा भइरहेको छ। प्रेम कहानीमा आधारित फिल्म २०१८ को गर्मीमा रिलिज हुने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।