काठमाडौं– बंगलादेशसँग असोजमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विद्रोही खेलाडीलाईसमेत समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
नेपाल र बंगलादेशबीच असोज ११ गते मैत्रीपूर्ण खेल हुँदैछ। टोलीमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरूद्व विद्रोह गरेका खेलाडीहरूलाई पनि बोलाइएको हो। अल्मुताइरीले यसअघि विद्रोहमा समावेश भएका फरवार्ड अन्जन विष्ट र मिडफिल्डर तेज तामाङसहित २६ खेलाडीलाई बोलाएका थिए।
तर, एन्फाले अल्मुताइरी बिदामा रहेको कारण देखाउँदै उक्त खेलका लागि कार्यवाहक प्रशिक्षकको भूमिकामा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ। हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्।
यस्तो छ टिम
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।