काठमाडौं– क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगाको सुरुआत बराबरीबाट गरेको छ। घरेलु मैदानमा क्याम्प नोउमा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै सिजनको सुरुआत गरेको हो।
बार्सिलोनाले रायो भालेकानोविरुद्ध यसै समरमा क्लबमा आबद्ध गरेका रोबर्ट लेवान्डोस्की, राफिन्हा र आन्द्रेस क्रिस्टेन्सेनलाई पहिलो रोजाइमा मैदान उतारेको थियो।
तर, खेलमा बल पोसेसन राख्दै पाहुना टोलीमाथि लगातार दवाव बढाएपनि बार्सिलोनाले रायो भालेकानोको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो।
खेलको अन्त्यतिर बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो। सर्जियो बुस्क्वेट् इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिदा बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो।
बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन्। ला लिगाकै अर्को खेलमा भिल्लारियलले रियल भालाडोलिडमाथि ३–० को सहज जित निकाल्दा सेल्टा डि भिगो र स्पान्योलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।