काठमाडाैं-गाब्रियल जिससको दुई गोल प्रेरित आर्सनलले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ।
शनिबार सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। आर्सनलको जारी प्रतियोगितामा लगातार दोस्रो जित हो। आर्सनललाई जित दिलाउन जिससले दुई गोल गरे। ग्रानिट साका र गाब्रियल मार्टिनेलीले १/१ गोल गरे।
लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले १/१ गोल फर्काए। खेलको २३ र ३५औं मिनेटमा जिससले गोल गरेका थिए।
५३ औं मिनेटमा सालिबाले गोल गर्दै खेल २-१ मा ल्याए। त्यसको दुई मिनेटपछि नै साकाले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए।
७४औं मिनेटमा म्याडिसनले गोल गर्दा खेल ३-२ मा पुगेको थियोे। तर, त्यसको एक मिनेटपछि नै मार्टिनेलीले गोल गर्दै आर्सनलनलाई ४-२ को सहज जित दिलाए।
जितसँगै आर्सनलले २ खेलमा ६ अंक ओडेको छ। आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ।
पहिलो हार बेहोरेको लेस्टर १ अंक जोडेर १४औं स्थानमा रहेको छ।
प्रिमियर लिगअन्तर्गत नै साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२ गोलको बराबरी खेलेका छन्। यता, ब्राइटन र न्यू क्यासल तथा उल्भ्स र फुलह्यामले गोलरहित बराबरी खेलेका छन्।
यस्तै, एस्टन भिल्लाले एभर्टनलाई २-१ गोल अन्तरले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।