काठमाडाैं-प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ। शनिबार सम्पन्न खेलमा सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले १/१ गोल गरे। बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे।
खेलको १९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए।
३१औं मिनेटमा ब्रुएनले गोल गर्दै अग्रता दोब्बर बनाए। ३७ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३-० मा पुर्याए।
७९ औं मिनेटमा लेर्माले आत्मघाती गोल गरेपछि सिटीले ४-० को जित निकाल्यो।
जितसँगै सिटीले २ खेलमा ६ अंक जोडेको छ। सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बर्नेमाउथको यो पहिलो हार हो। बर्नेमाउथले २ खेलमा ३ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।