काठमाडौं– क्याटलान बार्सिलोनाले समर ट्रान्ससफर विन्डोमा अनुबन्ध गरेका चार खेलाडी दर्ता गरेको छ।
बार्सिलोनाले यस समरमा आर्थिक समस्याका बीच ५ खेलाडी अनुबन्ध गरेको थियो। बार्सिलोनाले शुक्रबार फ्रान्क किस्सी, आन्द्रेस क्रिस्टियनसन, रोबर्ट लेवान्डोस्की र राफिन्हालाई दर्ता गरेको हो।
यद्यपि, बार्सिलोनाले यसै सरुवा बजारमा भित्र्याएका डिफेन्डर जुलेस कोन्डे भने अझै दर्ता भएका छैनन्। यसअघि बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका ओसुमाने डेम्बेले र सर्जी रोबर्टो पनि दर्ता हुन सकेका थिएनन्।
यद्यपि, यी खेलाडी पनि शुक्रबार राति दर्ता भइसकेका छन्। शनिबारदेखि सुरु हुने स्पेनिस ला लिगा सुरू हुँदैछ। बार्सिलोनाले पहिलो खेल आइतबार रायो भालेकानोसँग खेल्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।