काठमाडौं– प्रिमियर लिग फुटबलमा वाटफोर्डले संघर्षपूर्ण जित निकालेको छ।
इंगल्याण्डको भिकाराज रोड स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा वाटफोर्डले बर्नलेलाई १–० ले पराजित गरेको हो।
वाटफोर्डको जितमा टोम क्लेभर्लीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा किम सीमाको पासमा गोल गरेका थिए।
जितसँगै वाट्फोर्ड ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। पराजित बर्नले ३ खेलबाट ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।