काठमाडौं– स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै सेभिया पराजित भएको छ।
पाम्पलोनामा शुक्रबार राति सम्पन्न खेलमा सेभिया ओसासुनासँग २–१ ले पराजित भएको हो।
ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले गोल गरे। सेभियाका राफा मिरले एक गोल फर्काए।
खेलको नवौं मिनेटमा इजिक्वेल एभिलाको गोलबाट ओसासुनाले सुरूआती अग्रता लिएको थियो।
११औं मिनेटमा राफा मिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि ७४औं मिनेटमा एयमज ओरोजले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई २–१ ले अघि बढाए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।