काठमाडौं– खेलको अन्त्यतिर १२ मिनेटको अन्तरमा तीन गोल गर्दै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार पुनरागमन जित निकालेको छ।
युरोपा पार्कमा शुक्रबार राति सम्पन्न खेलमा डर्टमुन्डले १–० ले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली फ्रेइवर्गमाथि ३–१ को सानदार पुनरागमन जित निकालेको हो।
डर्टमुन्डको पुनरागमन जितमा जेमी बेनो गेटेन्स, युसोउफा मौकाको र मारिअस वल्फले गोल गरे। फ्रेइवर्गका माइकल ग्रेगोरिट्सको गोल सान्त्वना बन्यो।
३५औं मिनेटमा माइकल ग्रेगोरिट्सले गोल गर्दै फ्रेइवर्गलाई सुरूआती अग्रता दिलाए।
७७औं मिनेटमा जेमीले गोल गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
८४औं मिनेटमा मौकाले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि ८८औं मिनेटमा मारिअस वल्फले गोल गर्दै डर्टमुन्डलाई सानदार पुनरागमन जित दिलाए।
लगातार दोस्रो जितसँगै डर्टमुन्ड २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। फ्रेइवर्ग ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।