काठमाडौं– फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले ट्रान्सफर विन्डो बन्द हुनुअघि म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस रासफोर्डलाई अनुबन्ध गर्नका लागि वार्ता सुरु गरेको छ।
इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी रासफोर्ड र युनाइटेडबीच अर्को वर्षसम्मको सम्झौता रहेको छ। रासफोर्डले सन् २०१९ एक वर्ष थप गर्न सक्ने विकल्पसहित युनाइटेडसँग चार वर्षको सम्झौता गरेका थिए।
तर, फ्रेन्च लिग वान च्याम्पियन पीएसजीका मुख्य प्रशिक्षक क्रिस्टोफे गाल्टियरले नयाँ फरवार्ड भित्र्याउने चाहना व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।