काठमाडौं– क्याटलान क्लब बार्सिलोनाले यस समरमा भित्र्याएको फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई स्पेनिस ला लिगाले दर्ता गरेको छ। स्पेनिस समाचारमाध्यमहरुका अनुसार उनलाई शुक्रबार दर्ता गरिएको हो।
पोलिस फरवार्ड लेवान्डोस्कीमा पनि चेल्सीले इच्छा देखाएको थियो। तर, लेवान्डोस्कीले व्यक्तिगत रुपमा नै बायर्न म्युनिखलाई बार्सिलोनाबाहेक अन्यत्र नसुन्न भनेपछि क्लबले उनको आग्रह स्वीकार गरेको थियो।
बार्सिलोनाले लेवान्डोस्कीलाई ४ वर्षको लागि ५० मिलियन युरो (४२.६ मिलियन पाउन्ड) खर्चिएको छ। बायर्नमा अझै १ वर्ष सम्झौता अवधि बाँकी रहँदै ३३ वर्षीय लेवान्डोस्कीले क्लब छाड्ने निर्णय गरेका थिए।
ला लिगाको खेलहरु शनिबारबाट सुरु हुँदैछ। बार्सिलोनाले रायो भालेकानोविरुद्ध खेल्दै ला लिगाको सुरुआत गर्ने छ। रायो भालेकानोविरुद्धको खेलमा लेवान्डोस्की उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।