काठमाडौं- प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गर्ने भएको छ।
स्पेनिस राष्ट्रिय यू–२१ फुटबल टोलीका २१ वर्षीय डिफेन्डर गोमेजलाई बेल्जियन क्लब एन्डरलेच्टबाट अनुबन्ध गर्न लागेको हो।
गोमेज अनुबन्धका लागि सिटी र एन्डरलेच्टले १३ मिलियन युरोको सहमति गरेको बेलायती समाचारमाध्यमले जनाएका छन्।
एन्डरलेच्टका लागि उनले ४० खेलमा ६ गोल गरेका थिए। क्याटलान क्लब बार्सिलोनाका एकेडेमीमा हुर्किएका उनले त्यसअघि हुयस्काबाट लोनमा खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।