• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाली खेलकुद : ६ खेलको तयारी विदेशमा, थप २ टिम जाने तयारीमा

64x64
नेपाल लाइभ मंगलबार, साउन ८, २०७५  ०७:४९
1140x725

काठमाडौं– आगामी भदौ २ देखि इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले २८ खेलमा भाग लिँदैछ।

प्रतियोगिताको तयारीका लागि सबै खेलको तयारी विभिन्न स्थानमा भइरहेका छन्। अधिकांस खेलको तयारी स्वदेशमा भए पनि ६ खेलको तयारी भने विदेशमा भइरहेको छ। थप २ टिम पनि अभ्यासका लागि वैदेशिक भ्रमणमा जाने तयारी गरिरहेका छन्।

तेक्वान्दो– दक्षिण कोरिया
एसियाली खेलुकदमा नेपाललाई पटक–पटक पदक दिलाएको तेक्वान्दोले यसपटकको तयारी दक्षिण कोरियामा गरिरहेको छ। नेपाली टिम गत वैशाख तेस्रो साता कोरिया प्रस्थान गरेको थियो। दक्षिण कोरियाको सिओलमा ५ पुरुष र ५ महिला गरी १० खेलाडीले प्रशिक्षण गरिरहेका छन्।

पुरुष खेलाडीमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भूपेन श्रेष्ठ र अनोज पुजारी छन्। महिलामा अस्मिता खड्का, निमा गुरुङ, ज्ञानी पुजारा, संगीता बस्याल र निशा रावल छन्। प्रशिक्षकमा संगीना वैद्य छिन्। उनीहरुले छुङ वो मार्सल आर्ट्स इन्स्टिच्युटमा प्रशिक्षण गरिरहेका छन्।

बक्सिङ– थाइल्यान्ड 
एसियाली खेकलुदको तयारीका लागि नेपाल राष्ट्रिय बक्सिङ टिम गत असार दोस्रो सातादेखि थाइल्यान्डमा छ। प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप (किङ्स कप) मा पनि सहभागिता जनाएको थियो।

नेपाली खेलाडीमा महिलातर्फ विमला श्रेष्ठ ५१ केजी, संगिता सुनार ५७ केजी र पुनम रावल ६० केजीमा छन्। पुरुषतर्फ तेजबहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, विमल रोका ५६ केजी र एकबहादुर घलेले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, भूपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दिपक श्रेष्ठले ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्।

फुपुल्हामू– जापान
सागकी स्वर्ण विजेता जुडो खेलाडी फुपुल्हामू खत्रीले एसियाली खेलकुदको तयारी जापानमा गरिरहेकी छिन्। उनी गत वैशाखमा जापान गएकी हुन्। फुपु ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत २ वर्ष ३ महिनाका लागि जापान बस्नेछिन्। फुपुले टोयामोस्थित टकाउका युनिभर्सिटी अफ लमा तयारी प्रशिक्षणका साथै अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छिन्। १२औं साग स्वर्णधारी एवं रियो ओलम्पिकमा सहभागिता जनाइसकेकी फुपु जापानबाटै इन्डोनेसिया प्रस्थान गर्नेछिन्।

पेनकेक सिलात– सिंगापुर
एसियाली खेलकुदमा पेनकेकमा नेपालबाट विवेककुमार विकले ६०–६५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दैछन्। हाल उनी प्रशिक्षणका लागि सिंगापुरमा छन्। एसियाली पेनकेक महासंघका अध्यक्ष एवं विश्व पेनकेकका निर्देशक सिंगापुरका शेख अलाउद्दिनको सहयोगमा विकले त्यहाँ प्रशिक्षणको अवसर पाएका हुन्। यो खेलमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

स्केटबोर्ड– हङकङ
एसियाली खेलकुदमा नेपालले स्केटबोर्डमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। नेपालका तर्फबाट फ्रि स्टाइल स्ट्रिटमा नेरिश थापाले प्रतिस्पर्धा गर्दैछन्। उनी हङकङमा हुर्किएर त्यहाँको जुनियर च्याम्पियनसिप जितेकाले नेपालले स्केटबलमा राम्रो प्रदर्शनको आसा गरेको छ। नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार उनलाई पोखरामा भएको दोस्रो राष्ट्रिय च्याम्पियनसिपबाट छनोट गरिएको हो। थापा हङकङमा बस्ने र त्यहाँ प्रशिक्षणका लागि चाहिने ट्रयाक उपलब्ध हुने भएकाले सजिलो भएको खनालको भनाइ छ।

टेबलटेनिस– भारत 
टेबलटेनिस टिमले एसियाली खेलकुदको तयारी भारतमा गरिरहेको छ। यसै साता  ५ खेलाडीसहित ७ सदस्यीय टिम तयारीका लागि भारतको नयाँ दिल्ली गएको थियो।

पुरुषमा दीप साउन, श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल छन्। महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन छन्। दीप साउन भने साउन १३ मा मात्र दिल्ली जानेछन्। नेपाली टिमले एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गर्नेछन् । त्यहाँबाट टिम भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम छ।

कराते जापान जाने तयारी

यता, नेपाली कराते टिम जापान जाने तयारी गरिरहेको छ। यसअघि पोखरामा तयारी गरेको नेपाली टिम वैदेशिक प्रशिक्षणका लागि काठमाडौं फर्किएको थियो। तर, जाने मिति अहिलेसम्म टुंगो लागिसकेको छैन। प्रशिक्षक दीपक श्रेष्ठले भने, 'जापान जाने भनिए पनि अहिलेसम्म टुंगो लागिसकेको छैन।' यता, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्ट करातेलाई वैदेशिक प्रशिक्षणमा पठाउन समझदारी भइसकेको बताउँछन्।

यसअघि करातेका खेलका ८ जना खेलाडीले जेठ १ देखि पोखरामा प्रशिक्षणमा गएका थिए। एसियाली खेलकुद खेल्ने कराते खेलाडीमा ५० केजीमा अनु अधिकारी, ६१ केजीमा सुनिता महर्जन, प्लस ६८ केजीमा रिता कार्की, सोनाम लामा ६० केजी, दिवश श्रेष्ठ माइनस ८४ केजी, चञ्चला दनुवार र परशुराम बास्तोला एकल कातामा रहेका छन्।

फुटबलको थाइल्यान्ड जाने तयारी
नेपाली फुटबल टिमले एसियाली खेलकुदको अन्तिम तयारी थाइल्यान्डमा गर्न प्रक्रिया अघि बढाइरहेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमलाई साउन दोस्रो साता थाइल्यान्ड पठाउन तयारी गरिरहेको छ। एन्फा प्रवक्ता किरण राईका अनुसार नेपाली टिम आगामी साउन १५ देखि १९ भित्रमा थाइल्यान्ड पुग्नेछ। त्यहाँ पुगेपछि नेपालले थाइल्यान्डको टिमसँग अभ्यास खेल खेल्ने राईले बताए।

यसअघि एसियन गेम्समा समूह 'डी' मा नेपाल, जापान, भियतनाम र पाकिस्तान एकै समूहमा परेका थिए। तर, केही राष्ट्रको सहभागी ढिलो गरी निश्चित भएपछि फेरि ड्र गरिने भएको छ। 'एसियन गेम्समा फुटबलको ड्र फेरि गरिने भएकाले हाम्रो अभ्यास खेल पनि प्रभावित भएको छ। फेरि गरिने ड्रमा नेपाल र थाइल्यान्ड एउटै समूहमा नपरे यू–२३ टिमसँगै २ वटा अभ्यास खेल हुनेछ। नत्र हामी त्यहाँको क्लबसँग अभ्यास खेल खेल्नेछौं, ' राइले नेपाल लाइभसँग भने।

वैदेशिक प्रशिक्षण
बक्सिङ – थाइल्यान्ड

टेबल टेनिस –  नयाँ दिल्ली (भारत)

पेनकेक सिलात– सिंगापुर

 जुडो – काठमाडौं र जापान

तेक्वान्दो– दक्षिण कोरिया

स्केटबोर्ड – हङकङ      

काठमाडौंमा प्रशिक्षण 
आर्चरी, सुटिङ, एथलेटिक्स, सेपाकताक्रो, क्लाइम्बिङ स्पोर्टस, कराते (जापान जाने तयारी) , फेन्सिङ, गल्फ, उसु,  कुराँस, बास्केटबल, पौडी

ललितपुरमा प्रशिक्षण
साइक्लिङ, ब्याड मिके पाकल, फुटबल (थाइल्यान्ड जाने तयारी), ट्रायथलन, लनटेनिस

उपत्यका बाहिर  प्रशिक्षण
पाराग्लाइडिङ – पोखरा, कबड्डी – महेन्द्रनगर, भलिबल – महेन्द्रनगर, भारोत्तोलन – नेपालगन्ज, कुस्ती – महेन्द्रनगर 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्