काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेश विभाग प्रमुखबाट नवीन पाण्डेलाई हटाएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमितिको दोस्रो बैठकले पाण्डेलाई विदेश विभाग प्रमुखबाट हटाउने निर्णय गरेको हो। उनलाई एन्फाको पहिलो कार्यसमिति बैठकबाट विदेश विभाग प्रमुखमा नियुक्त गरिएको थियो।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पाण्डे अध्यक्ष पंकजविक्रम नेम्वाङको सल्लाहकारमा नियुक्त हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।