काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्षका लागि सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति तय गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमितिको दोस्रो बैठकले ‘ए’ डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ‘ए’ डिभिजन लिग सकिएलगत्तै चैत ६ देखि ‘बी’ डिभिजन लिग सुरु हुनेछ। ‘बी’ डिभिजन लिग २०८० वैशाख १५ गते सम्पन्न हुनेछ। गत वर्ष फागुनमा सम्पन्न ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल च्याम्पियन बनेको थियो।
त्यस्तै, ‘सी’ डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गतेसम्म आयोजना हुने भएको छ। एन्फाले यस वर्षको ‘सी’ डिभिजन लिग भने असोज १ देखि असोज ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।