काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको टिकट मूल्य निर्धारण गरेको छ।
एन्फाको जारी दोस्रो कार्यसमिति बैठकले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको टिकट मूल्य निर्धारण गरेको हो।
बैठकले दुई फरक टिकट मूल्य निर्धारण गरेको छ। सामान्य प्यारापिटतर्फ ३ सय र भीआइपीतर्फ ५ सयको टिकट मूल्य निर्धारण गरिएको छ।
आयोजक नेपाल समूह बी मा रहेको हो। यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन्। यस्तै, समूह ए मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।