काठमाडौं– महाराष्ट्रको जालनामा छापा मारेर बरामद गरिएको चार अर्ब बराबरको अवैध सम्पत्तिको स्रोत खुलेको छ। भारतको आयकर विभागका अनुसार उक्त सम्पत्ति पाँचवटा व्यापारिक समूहको हो।
सात दिनको कारबाहीका क्रममा विभागले ५८ करोड भारतीय रुपैयाँ नगदसहित ३२ किलो सुन, १६ करोड भारतीय रुपैयाँ मूल्यको हिरा र मोती बरामद गरेको थियो।
एसआर स्टील, कालिका स्टील, एक को–अपरेटिभ बैंक, फाइनान्सर विमलराज बोरा, डिलर प्रदीप बोराको फ्याक्ट्री, घर र अन्य कार्यालयमा सातदिनसम्म छापा मारेर उक्त अवैध सम्पत्ति बरामद गरिएको थियो।
छापामा २६० आयकर विभागका कर्मचारी सहभागी थिए। उनीहरुले छापालाई गोप्य राख्नका लागि १२० गाडीमा दुलाह र दुलहीको स्टीकर टाँसेका थिए।
स्थानीय बैंकमा लगेर बरामद भएको नगद गनिएको थियो। आयकर विभागका अनुसार नगद गन्दागन्दै आयकरका कर्मचारीको स्वास्थ्यमा समस्यासमेत देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।