• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कैलाली ५ : मतमा गठबन्धन दोब्बर बढीले अगाडि, तर आरजुले जित्न मुस्किल !

64x64
डिबी खड्का बिहीबार, साउन २६, २०७९  १३:५५
1140x725

काठमाडौं– स्थानीय तह निर्वाचनको मतलाई आधार बनाउने हो भने प्रधानमन्त्री पत्नी आरजु देउवा राणा कैलाली ५ बाट जित्ने निश्चित छ। वडाध्यक्षहरुले ल्याएको मत जोडेर हेर्दा कांग्रेस एक्लैले २४ हजार ५६९ मत पाएको छ। जबकि प्रतिष्पर्धी पार्टी (नेकपा एमाले) को १६ हजार ९७६ मत मात्रै छ।

गठबन्धनकै जोड्ने हो भने एमालेभन्दा दोब्बर भन्दा बढी अर्थात् ३५ हजार ८८२ मत पुग्छ। गएको निर्वाचनमा राणाले २२ हजार ३२२ मत प्राप्त गरेकी थिइन्। उनलाई पराजित गरेका नारदमुनि रानाले २७ हजार २०२ मत प्राप्त गरेका थिए। रानालाई माओवादी केन्द्रको समेत समर्थन थियो।

यसपल्टको गणितले आरजु ढुक्क हुनुपर्ने भएपनि उक्त क्षेत्रको राजनीति 'सरल' छैन। आरजुको चुनावलाई प्रतिकूल बनाउने दुई बलिया फ्याक्टर छन्। जसको व्यवस्थापनका लागि उनी स्थानीय तहको निर्वाचन अघिदेखि नै सक्रिय छिन्, तर सफलता हात लागेको छैन।

आरजुलाई रोक्ने पहिलो फ्याक्टर
गत निर्वाचनमा पनि उक्त क्षेत्रमा कांग्रेस कमजोर भएर राणाले चुनाव हारेकी होइनन्। धनगढी उपमहानगरपालिकाका १९ वडा र कैलारी गाउँपालिकाका २ वडा उक्त क्षेत्रमा पर्छन्। गत निर्वाचनमा धनगढी उपमहानगरपालिकाको प्रमुख कांग्रेसले जितेको थियो भने यो क्षेत्रमा पर्ने वडामा पनि कांग्रेसकै पकड थियो। तर, राणाले हारिन्।

कांग्रेसले पहिल्याएको आरजु पराजित हुनुको कारण थियो– पूर्वराज्यमन्त्री समेत रहेका नेपाली कांग्रेस कैलालीका नेता पुष्करनाथ ओझाको असहयोग। आरजुलाई  हराउन भूमिका खेलेको भन्दै २०७६ साल भदौमा कांग्रेसले ५ वर्षका लागि ओझालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्‍यो।

त्यसपछि ओझा पार्टी राजनीतिबाट बाहिरिए। यसपल्ट फेरि राणालाई डर ओझाकै हो। 'ओझाको असहयोग' ले कस्तो अर्थ राख्छ भन्ने कांग्रेसले उपमहानगरको निर्वाचनमै भोगिसक्यो। दोहोरिएर मेयर उठेका नृप वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग झन्डै दोब्बर मतले पराजित भए। गठबन्धनबाट उम्मेदवार रहेका वडले जम्मा १४ हजार ८ सय १७ मत पाए। जबकि वडाध्यक्षको हिसाबले कांग्रेस एक्लैको २४ हजार ५ सय ६९ मत छ। गठबन्धनकै जोड्दा त ३५ हजार नाघ्छ।

स्वतन्त्र उम्मेदवार हमाललाई ओझाको साथ मिलेको थियो। ओझा अघिल्लो निर्वाचनमा पनि असन्तुष्ट बन्नुको कारण आफ्नो निर्वाचन क्षेत्र प्रधानमन्त्री पत्नी राणाले हत्याएकोमा थियो।

nimb
nimb
Ncell 2
Ncell 2

संविधान सभाको निर्वाचनमा शेरबहादुर देउवा कैलाली ५ बाट पनि उठेका थिए। डडेलधुराबाट समेत विजयी उनले त्यहाँ छाडेपछि भएको उपनिर्वाचनमा ओझाले जिते। त्यसपछि उक्त क्षेत्रमा ओझाको स्वाभाविक दाबी रह्यो। तर, कांग्रेस राजनीतिमा सक्रिय भइरहेकी देउवा पत्नी आरजुले त्यही क्षेत्रमा आँखा लगाइन् र ओझाले २०७४ मा मौका पाएनन्। त्यही कारण असन्तुष्ट रहेर असहयोग गरेको आशंकामा उनलाई कारबाही गरियो। आरजुलाई त्यहाँ स्थापित गर्न ओझालाई पन्छाउने मौकाका रुपमा यसलाई प्रयोग गरियो।

आरजु आफैंले उजुरी दिन नमिल्ने भएपछि अन्य तीन जना तयार पारियो। ओझाविरुद्ध उजुरी दिनेमध्ये तीनमध्ये एक वड पनि हुन्। उनलाई कारबाही गरिएपछि कांग्रेस कैलालीका नेताहरु विभाजित भएका थिए। ओझा गुटले छुट्टै भेला गरेर कारबाही फिर्ताको माग पनि गरेको थियो, तर केन्द्रीय समितिले सुनुवाइ गरेन।

ओझालाई साथ दिनेमा महासमिति सदस्य आनन्दराज जोशी, तत्कालीन जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि बब्लु चौधरी लगायत थिए। चुनावको मिति केही वर्ष पर नै भएका कारण त्यो समय उनीहरुले दिएको दबाबले नेतृत्वलाई छोएन।

ओझाको कारबाहीले धनगढी उपमहानगरको हिसाब गडबड गर्नसक्ने संकेत देउवाले चुनावको संघारमा पाएका हुन्। स्थानीय चुनावको केही दिनअघि धनगढी पुगेका देउवाले ओझासँग भेटेर मिलाउने कोसिस पनि गरेका थिए। तर ओझाले देउवालाई भेट्न अस्वीकार गरे।

कारबाहीमा परेका ओझामात्रै होइन, कांग्रेसमै सक्रिय धनगढीका अन्य केही नेताहरुले समेत स्थानीय तहको निर्वाचनमा हमाललाई सघाए। उनीहरुले प्रधानमन्त्री पत्नी आरजुलाई उक्त क्षेत्रमा आउन रोक्नका लागि सक्रियता देखाएको समाचार नेपाल लाइभले त्यहीबेला प्रस्तुत गरेको थियो।

कांग्रेस मात्रै होइन, उक्त क्षेत्रमा आरजुलाई रोक्न त्यतिबेला नेकपा एमालेका नेताहरु पनि सक्रिय भए।  एमालेका नेता रानाका लागि सवैभन्दा चुनौतीपूर्ण प्रतिष्पर्धी आरजु बन्ने उनीहरुले त्यहीबेला बुझेका थिए। 'फर्स्ट लेडी' आरजुले चुनाव जित्न कुनै कसर बाँकी नराख्ने एमाले नेताहरुले बुझेपछि स्वतन्त्र उम्मेदवार हमाललाई जिताएर कांग्रेस कमजोर पार्ने रणनीति लिएका थिए।

Kailali_Election_Map1660205365.jpg

वडाध्यक्षको हिसाबले एमालेसँग १६ हजार बढी मत भएपनि उपमहानगरको मेयरमा एमालेका उम्मेदवार रणबहादुर चन्दले ९ हजार ११५ मत मात्रै पाए। जबकि एमालेकी उपमेयर उम्मेदवार कन्दकला कुमारी रानाले १५ हजार ४७९ मतसहित जित हासिल गरिन्।

अर्को कारण- गेटा मेडिकल कलेज
स्वास्थ्य उपचार र शिक्षामा सुदूरपश्चिमकै लागि सपना बनिरहेको छ - गेटा मेडिकल कलेज। लामो समयदेखि निर्माणाधीन उक्त कलेज अझै सुरु हुने स्पष्ट संकेत देखिएको छैन। बरु प्रधानमन्त्री देउवाको निर्वाचन क्षेत्र रहेको डडेलधुरामा मेडिकल कलेज बनाउने भन्दै यसपल्ट बजेट समेत छुट्याइयो।

यसले कैलालीका जनतामा नकारात्मक प्रभाव परेको छ। गेटालाई अलपत्र पारेर देउवाले आफ्नै गृहजिल्‍लामा मेडिकल कलेज खोल्न खोजेको भन्दै स्थानीयस्तरमा विरोध समेत भयो। राणाका प्रतिष्पर्धी एमालेका नारदमुनि रानाले यसलाई 'चुनावी अजेन्डा' बनाउने संकेत गरिसकेका छन्।

उनले बुधबारको प्रतिनिधि सभामा भनेका छन्,  ‘गेटा मेडिकल कलेजका ३६ वटा भवनले सरकार खोजिरहेका छन्। सरकारले न प्रतिष्ठान बनाउन चासो देखाएको छ, न मेडिकल कलेज बनाउन चाहेको छ, न स्वास्थ्य विज्ञान विश्वविद्यालय। स्थानीय जनता भनिरहेका छन्- हामी कसलाई सुनाऔं, कसलाई भनौं?’

यही विरोधलाई लक्षित गरेर सरकारले सामान्य अस्पताल सञ्चालन चुनावअघि नै थाल्ने तयारी गरेको छ। डा. प्रमोद जोशीलाई अस्पताल निर्देशक नियुक्त गरेर काम अघि बढाएको संकेत गरेको छ। तर अस्पताललाई चाहिने अन्य संरचना बनाउने कुरामा सरकार लागिपरेको देखिँदैन।

त्यसको मुख्य कारण स्वामित्व शिक्षा मन्त्रालयको हुने वा स्वास्थ्यको भन्ने बहस नै नटुंगिनु पनि हो। गेटा मेडिकल कलेजका रुपमा निर्माण थालिएकाले शिक्षा मन्त्रालयअन्तर्गत उक्त संरचना छन्। एउटा मात्रै भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेर विरोधको आवाज दबाउन जसोतसो अस्पताल चलाउन सरकार अघि बढेको देखिन्छ। तर ढल र पानीको व्यवस्थापन नै नभइसकेको उक्त भवनबाट अन्य सेवा त परको कुरा, बहिरङ्ग सेवा (ओपीडी) समेत सञ्चालन गर्न सक्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्।

अन्य संरचनाका लागि हालसम्म पनि कुनै पहल गरिएको देखिँदैन। अस्पताल सञ्चालनका लागि चाहिने उपकरण र औजारका लागि बजेट विनियोजन तथा सञ्चालनको विषयमा समेत शिक्षा र स्वास्थ्य मन्त्रालयबीच कुरा मिल्न नसकेको बुझिएको छ।

२०६६ सालमा सरकारले गेटा मेडिकल कलेज बनाउने घोषणा गर्दै बजेट विनियोजन गरेको थियो। २०७१ सालमा भवन शिलान्यास भयो।  २०७३ सालबाट पूर्वाधार निर्माण सुरू भएकोमा कलेजका भवन लगभग निर्माण सम्पन्न हुने अवस्थामा छन्। मेडिकल कलेजका रुपमा सञ्चालन गर्न सहज हुने नदेखिएपछि अहिले सुदूरपश्चिम चिकित्सा प्रतिष्ठानका लागि स्थानीय र नेताहरुले लबिङ गरिरहेका छन्।

पटक-पटक प्रधानमन्त्री भएका देउवाले यसलाई सञ्चालनमा ल्याउन पहल नगरेको स्थानीयको बुझाइ छ। त्यसैमाथि डडेलधुरामा मेडिकल कलेज बनाउने कुराले स्थानीयलाई थप झस्काएको छ। त्यसको असर आगामी निर्वाचनमा समेत पर्न सक्ने  संकेत देखिएका छन्।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १३:५५
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्