काठमाडौं– युरोपेली च्याम्पियन्स लिग विजेता रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ।
फिनल्यान्डस्थित हेलसिंकीमा बुधबार राति सम्पन्न खेलमा रियलले युरोपा लिग विजेता आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले पराजित गरेको हो।
रियलका लागि डेविड अलाबा र करिम बेन्जेमाले १/१ गोल गरे। ३७औं मिनेटमा क्यासेमिरोले दिएको हाइ बललाई अलाबाले हेडरमार्फत् सहजै गोल गरेका थिए।
६५औं मिनेटमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारे। भिनिसियस जुनियरको पासमा बेन्जेमाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोल भएको थियो।
यससँगै रियलले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ। तीन टोलीले समान ५-५ पटक सुपर कप उपाधि जितेका छन्। लिभरपुलले ४ पटक उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।