काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले केरला महिला लिगमा ५ गोल गरेकी छन्।
बुधबार केरला महिला लिगको उद्घाटन खेलमा उनी आबद्द गोकुलम केरलाले केरला युनाइटेड एफसीलाई ११-० गोल अन्तरले पराजित गरेको छ।
गोकुलमको जितमा सावित्राले ५ गोल गरिन्। सावित्राले पहिलो हाफको ३, ९, २७ र ३५औं मिनेटमा गोल गरेकी थिइन्। दोस्रो हाफको ५६औं मिनेटमा उनले १ गोल थपिन्। उनी दोस्रो हाफमा भने सब्सिच्यूड भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।