काठमाडौं– अमेरिकामा देखिएका मंकिपक्सका संक्रमितहरुमध्ये ९९ प्रतिशत संक्रमित पुरुष रहेको एक अध्ययनले देखाएको छ।
अमेरिकाको सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा उक्त तथ्य भेटिएको बताइएको छ।
यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो। सो अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मंकिपक्सका संक्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेको पाइएको समाचारमा उल्लेख गरिएको छ।
अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्यांकमा गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो।
अमेरिकामा पछिल्लो समयमा मंकिपक्सका संक्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ। अहिले विश्वका दर्जनौं देशमा यो संक्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको संक्रमण बढ्दो छ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मंकिपक्सका आठ हजार नौसय भन्दा बढी संक्रमित भेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।