काठमाडौं– नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्धित भएकी छन्।
विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी दीपाले केरेला महिला लिगका लागि भारतीय क्लब डन बस्को एफएसँग सम्झौता गरेकी हुन्। दीपा प्रतियोगिताका लागि आज बुधबार दिउँसो भारत प्रस्थान गर्ने छिन्।
केरेला महिला लिग बुधबारबाट सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्ने छन्।
दीपा आबद्ध डन बस्कोले आफ्नो पहिलो खेलमा बिहीबार लर्ड्स पीआरविरुद्ध खेल्नेछ। केरेला लिगको विजेता महिला आई लिगमा प्रवेश गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।