काठमाडौं– गएरातिको वर्षाले काठमाडौं उपत्यकाको ठाउँ–ठाउँमा क्षति गरेको छ। सुकुम्बासी बस्तीका टहरा बगाउनेदेखि डुबानको समस्या भएको छ।
अविरल वर्षाका कारण काँडाघारीमा रहेको प्रहरी प्रभाग नै डुबानमा परेको छ। प्रहरी कार्यालयको एक तल्लाको पुरै भाग डुबाएको छ।
मेसको आधा भाग बगाएको, मेसभित्र भएको ग्यास, खाद्यान्न, भाँडा, फर्निचरको सामान सबै बगाएको प्रहरीले जनाएको छ। कार्यालयको पछाडिको भागमा रहेको ३ वटा मोटरसाइकल समेत बगाएको प्रहरीले जनाएको छ।
पानी पसेपछि सञ्चार सेटले समेत काम गर्न छाडेको छ। बत्ती नहुँदा कम्पयुटर नेटवर्क तथा इमेलबाट मेसेज आदान प्रदान गर्न नसकिने अवस्था रहेको काँडाघारी प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले खहरेमाथि राडारबाट २ जना पुरुषको उद्धार गरेको छ। ३ वटा सानो र ४ वटा ठूलो गाडीको पनि उद्धार गरिएको प्रहरीले जनाएको छ।
हरहर महादेव नजिकैको गाइगोठमा ५/७ जना मानिस अलपत्र रहेको प्रहरीले जनाएको छ। उनीहरूको उद्धारका लागि प्रहरी टोली परिचालन भएको छ। त्यसअघि उक्त क्षेत्रबाट १५ जनाको उद्धार भइसकेको छ।
बिष्ट गाँउको १ तल्लासम्मको घर डुबानमा परेकाले उद्धारका लागि अपिल भएपछि विपदको टोली जाँदैछ । बागमती किनारको सुकुम्बासी बस्तीको २ वटा टहरा बगाएको प्रहरीले जनाएको छ। राति गौरीघाटस्थित बागमती किनारामा रहेको टहराबाट ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।