काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकका लागि ४ नयाँ अजेन्डा थप गरिएको छ।
एन्फाका केन्द्रीय सदस्य पेमा लामाले माग गरेका ४ वटा अजेन्डा थपिएको हो। एन्फा महिला समितिकी अध्यक्षसमेत रहेकी लामाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २६ गते बस्ने कार्यसमितिको बैठकमा यसअघि तय गरिएका अजेन्डामा ४ वटा थप गर्न शुक्रबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्बोधन गर्दै महासचिव किरण राईलाई निवेदन बुझाएकी थिइन्।
शुक्रबार बुझाएको निवदेनमा पुरस्कार राशी, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा–डे मा राष्ट्रिय महिला टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका विषय उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।