काठमाडौं– प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलकान्तरा ६ साता मैदान बाहिर रहने भएका छन्। ह्यामस्ट्रिङ इन्ज्युरीका कारण उनी मैदान बाहिर रहने क्लबले जनाएको छ।
३१ वर्षीय थियोगोले प्रिमियर लिगको पहिलो खेलमा फुलहमविरुद्धको खेलमा थियागो, जोर्डन हेन्डरसन र फाविन्होले लिभरपुलको मिडफिल्ड सम्हालेका थिए।
चोट बोकेपछि ५१औं मिनेटमा थियागोलाई हार्वे इलिओटले प्रतिस्थापन गरेका थिए। उनी अक्टोबर मध्यबाट खेलमा फर्कने क्लबले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।