काठमाडौं– मिडफिल्डर इस्कोले स्पेनिस क्लब सेभियामा २२ नम्बरको जर्सी लगाउने भएका छन्।
अर्को स्पेनिस क्लब रियल मड्रिडबाट हालै ३० वर्षीय मिडफिल्डर इस्को फ्री ट्रान्सफरमार्फत् मिडफिल्डर सेभियामा अनुबन्धित भएका हुन्।
सेभियाले इस्कोसँग औपचारिकरूपमा २ वर्षको सम्झौता गरेको छ। इस्कोले सिजनको अन्त्यसँगै रियल छाडेका थिए।
उनले ९ वर्ष बिताएर रियल छाडेका हुन्। उनी सन् २०१३ मा मालागाबाट रियल आएका थिए।
रियलका लागि इस्कोले ३५२ खेलमा ५३ गोल गरेका थिए। जसमा ५६ असिस्ट रहेको छ। गत सिजन रियलका लागि उनले १३ खेल खेलेका थिए।
इस्कोले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगा जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।