• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाली प्रशिक्षक मनोज प्रभाकर : जो आँधी बनेर आए, भारतीय टोलीलाई ‘तहसनहस’ बनाएर गए 

64x64
दीप सुवेदी मंगलबार, साउन २४, २०७९  ०६:५५
1140x725

काठमाडौं– ९० को दशकमा २१ वर्षीय एक युवक, जो उत्तर प्रदेशको गाजियावादको सडकबाट क्रिकेट खेल्दै भारतीय क्रिकेट टोलीको ‘ड्रेसिङ रूम’ सम्मको यात्रा तय गरेका थिए। उनले भारतीय क्रिकेट टोलीमा छोटो समयमै स्थान मात्रै बनाएनन्, आफ्नो प्रदर्शनले सबैलाई प्रभावित पार्नसमेत भ्याए।

हो, उनै हुन् नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर। जसरी भारतीय टोलीलाई मनोजको आवश्यकता थियो, उनलाई त्यसैगरी प्रयोग गर्‍यो। जब भारतीय टोलीलाई ओडीआईमा ओपनर चाहिएको थियो, मनोजले ओपनिङ गर्न थाले। त्यसपछि मध्य ओभरमा टोलीलाई ‘मिडियम पेसर’को आवश्यकता महसुस हुँदा मनोजले उसैगरी बलिङ गरे।

मनोजले टोलीको आवश्यकतालाई अनुकूल बनाए र केही समयमै अलराउन्डरको रूपमा उदय भए। गाजियावादमा १५ अप्रिल १९६३ मा जन्मेका मनोजले विद्यालयमा अध्ययन गर्दादेखि नै क्रिकेट खेल्न थालेका थिए। यद्यपि, त्यो समयमा उनी मुख्यतया ब्याटिङ मात्रै गर्थे।

विद्यालयबाट आएपछि घरको आँगन र गल्ली उनको क्रिकेट खेल्ने मैदान बन्थ्यो। उनले उक्त मैदानमा कतिपटक शतक बनाए भने कतिपटक त कीर्तिमान नै तोडे। जुन क्रिकेट जगतमा दर्ज हुन सकेन। समय बित्दै जाँदा उनमा एक उत्कृष्ट क्रिकेटरको गुण झल्किन थालिसकेको थियो। उनलाई परिवार मात्रै होइन, छरछिमेक र साथीभाइहरूले समेत क्रिकेटमा लाग्न सुझाव दिन्थे। त्यसपछि उनले उक्त सुझाव मनन् गर्दै व्यावसायिक रूपमा क्रिकेटमा हाम फाल्ने निधो गरे।

त्यसपछि उनले कहिल्यै घरको आँगन र गल्लीमा खेल्न परेन। उनी सिधै रंगशालामा क्रिकेट खेल्न पुगे। त्यसपछि मनोजले ब्याटिङ मात्रै होइन, प्रशिक्षकको सल्लाह बमोजिम बलिङ पनि गर्न थाले।

मनोज मध्यम गतिले बलिङ गर्थे। तर, उनको बलिङमा पर्याप्त ‘स्विङ’ थियो। जसका कारण उनले क्रिजमा उभिएका ब्याट्सम्यानलाई समस्यामा पार्ने गर्थे। विद्यालय छाडेपछि उनले क्रिकेट प्रशिक्षण सुरू गरेका थिए। गाजियावादको तुलनामा दिल्ली नजिक भएको फाइदा मनोजले उठाउन भ्याए। उनले उत्तर प्रदेशको रणजी टोलीको प्रस्ताव अस्वीकार गर्दै दिल्लीबाट खेल्ने निर्णय गरे। दिल्ली भौगोलिकरूपमा गाजियावादको नजिक थियो। लखनउ भने गाजियावादबाट निकै टाढा।

रणजी टोलीका लागि ‘ट्रायल’

मनोज दिल्लीको फिरोजशाह कोटला मैदानमा दिनभर प्रशिक्षण लिएर साँझसम्म घर फर्कने गर्थे। जब दिल्लीको रणजी टोलीका लागि ‘ट्रायल’ सुरू भयो, मनोजले त्यसमा सहजै स्थान बनाए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रशिक्षकको सल्लाह मनोजका लागि बरदान सावित भयो। उनी ब्याटिङमा मात्र सीमित रहेनन्, बलिङमा पनि निकै पोख्त देखिए। प्रशिक्षकको विश्वास थियो– मनोजले दौड्न नसक्ने बलरको हैसियतले ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छन्।

त्यसो त मनोज आफैले पनि सोचेका थिएनन् एकदिन उनी भारतीय टोलीका लागि उत्कृष्ट अलराउन्डर बन्नेछन्। भारतले सन् १९८३ को विश्वकप जितेको थियो। यो त्यस्तो समय थियो, जतिबेला भारतीय टोलीका सिनियर खेलाडीहरू धमाधम सन्यास लिइरहेका थिए। उनीहरूको स्थानमा नयाँ खेलाडीहरू टोलीमा स्थान बनाउन संघर्षरत थिए।

८ अप्रिल १९८४ मा मनोजले २१ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह मैदानमा आफ्नो करिअरको पहिलो ओडीआई खेल भारतीय टोलीबाट खेल्ने मौका पाए। मनोजले शारजाह कपमा श्रीलंकाविरूद्धको खेलमा भारतीय टोलीबाट डेब्यू गरेका थिए। 

सुनील गावस्करको कप्तानीमा खेलेका मनोजलाई मनोवैज्ञानिक दबाब थियो। उनले खेलमा बेजोड प्रदर्शन गर्नुपर्‍यो। त्यसबेला पनि भारतीय टोलीमा स्थान बनाउन उत्तिकै गाह्रो थियो, जुन अहिले पनि उस्तै छ। त्यसैले एक खेलमा नै भविष्य निर्धारण हुने भएको कारण उनलाई आफ्नो प्रदर्शनबारे निकै चिन्ता थियो।

उक्त खेलमा श्रीलंकाको टोली पहिले ब्याटिङमा उत्रिएको थियो। भारतीय बलरका अगाडि श्रीलंकाको ब्याटिङ पूरै ध्वस्त भयो। श्रीलंकाको पूरा टोली ४१ ओभरमा ९६ रनमा अलआउट भएको थियो।

आफ्नो पहिलो खेल खेलेका मनोजले १० ओभरमा १६ रन मात्र दिएर ३ मेडेन ओभर बलिङ गर्दै २ विकेट लिए। उनको सानदार प्रदर्शन प्रेरित भारतीय टोलीले यो खेल १० विकेटले जित्यो।

आफ्नो पहिलो खेलमा नै मनोजले उत्कृष्ट प्रदर्शन गर्दै उदयमान खेलाडीको छाप छाडे। भारतीय टोलीमा बलरको रूपमा सुरू गरेपनि मनोज तल्लो क्रममा राम्रो ब्याटिङ गर्न सक्ने क्षमता राख्थे। अन्तिम ओभरहरूमा उनले टोलीलाई धेरै पटक खेल जिताए। त्यही भएर होला उनलाई धेरै खेलमा ओपनिङमा पनि पठाइयो।

मनोज डेब्यू खेलका कारण चर्चामा आए पनि उनको एउटा कीर्तिमान समर्थकहरूले अझै पनि बिर्सन सकेका छैनन्। मनोजले भारतीय टोलीका लागि १३० ओडीआई खेल खेलेका छन्। जसमा उनले १ हजार ८५८ रन बनाएका छन्। मनोजले आफ्नो ओडीआई करिअरमा २ शतक र ११ अर्धशतक बनाएका छन्। उनको उत्कृष्ट स्कोर भने १०६ रन थियो।

अचम्मको कुरा के छ भने उनले १३० ओडीआईमा एक छक्का पनि प्रहार गर्न सकेनन्। उनी भारतीय टोलीका एकमात्र ब्याट्सम्यान हुन्, जसले ओडीआई क्रिकेटमा छक्का प्रहार गरेका छैनन्। 

भारतका लागि खेलेका १३० ओडीआईमा २४.१२ को औसतमा १ हजार ८५८ रन बनाउनुका साथै १५७ विकेट लिएको उनको रेकर्ड छ। उनले ओडीआईमा २ शतक र ११ अर्धशतक प्रहार गरेका छन्। 

यद्यपि, मनोजले ३९ टेस्ट खेलमा ४ छक्का प्रहार गरेका छन्। टेस्टमा उनले ३२.६५ को औसतमा १ हजार ६०० रन बनाएका थिए भने ९६ विकेट लिएका थिए। उनले टेस्टमा १ शतक र ९ अर्धशतक प्रहार गरेका छन्।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान केप्लर वेसेल्स आफ्नो अन्तर्राष्ट्रिय करिअरमा दुईपटक शून्य रनमा आउट भएका थिए। उनलाई दुवैपटक मनोजले नै आउट गरेका थिए। 

मनोजको करिअरको सुरूआत उत्कृष्ट ढंगले भएपनि अन्त्य भने निक्कै दु:खद् तरिकाले भएको थियो। आफ्नो उदाउँदो करिअर बर्बाद गर्नमा भने उनी आफैको हात रहेको मानिन्छ। मनोजले धेरै भारतीय क्रिकेटरमाथि ‘म्याच फिक्सिङ’ (खेल मिलेमतोमा खेलेको) गरेको आरोप लगाएपछि क्रिकेट जगतमा सनसनी नै मच्चिएको थियो। 

सन् १९९९ मा भारतको चर्चित पत्रिका ‘तहल्का’ ले उनी ‘म्याच फिक्सिङ’मा संलग्न रहेको खबर प्रकाशित गरेको थियो। त्यसपछि मनोजले आफूलाई चोख्याउन त्यही पत्रिकासँग मिलेर आफ्ना सहकर्मी र दिग्गज भारतीय क्रिकेटरमाथि ‘स्टिङ अपरेसन’ चलाउन सहयोगी भूमिका खेले। यो ‘स्टिङ अपरेसन’ तहल्कामा आएपछि विश्व क्रिकेटमा हल्लीखल्ली नै मच्चियो। मनोजका अनुसार भारतीय टोलीको ‘ड्रेसिङ रूम’ मा ‘म्याच फिक्सिङ’ गरिएको थियो। 

'म्याच फिक्सिङ’ को आरोप

मनोजले भारतीय क्रिकेटका लिजेन्ड कपिल देवले ‘म्याच फिक्सिङ’ गर्न २५ लाख भारू अफर गरेको आरोप लगाएका थिए। त्यतिमात्रै होइन् रवि शास्त्री, सुनिल गावस्कर, किरण मोरे, नवजोत सिंह सिद्धुजस्ता खेलाडीहरूले ‘म्याच फिक्सिङ’ गरेको भन्दै ‘स्टिङ अपरेसन’ चलाए।

जब मुद्दा बिग्रियो, अदालत पुग्यो र अनुसन्धान सुरू भयो। उनले अदालतमा धेरै टेपहरू उपलब्ध गराए। तर, उनैले वेस्ट इन्डिजविरूद्वको खेलमा म्याच फिक्सिङ गरेको भन्दै अदालतले फैसला सुनायो

१९९४ मा कानपुर आयोजना भएको ओडीआई खेलमा उनले वेस्ट इन्डिजविरूद्ध अपराजित रहँदै १०२ रन बनाएका थिए। तर, यो खेलमा भारत पराजित भयो। अन्तिम ओभरमा मनोज र नयन मोंगियाले २१ बलमा ४ रन प्रहार गरे। यो उनीहरूको निकै सुस्त ब्याटिङ थियो। भारतलाई जितका लागि अन्तिम ९ ओभरमा ६३ रन आवश्यक थियो। 

तर, मनोज र मोंगियाले मिलेर १६ रन मात्रै बनाउन सके। जसका कारण भारतले खेल गुमाएको थियो। खेलपछि पत्रकारहरूले मनोजलाई यसबारे प्रश्न गरे। उनले ती पत्रकारहरूलाई प्रतिप्रश्न गर्दै भनेका थिए– भारतले यसअघि ९ ओभरमा ६३ रन बनाएको रेकर्ड छ? यो खेलपछि मनोज र मोंगिया दुवै टोलीबाट बाहिरिएका थिए।

उनको प्रदर्शनमाथि सन् १९९६ को विश्वकपमा पनि प्रश्न चिन्ह्र खडा भएको थियो।  सेमिफाइनलमा ब्याटिङ गर्न आएका श्रीलंकाका पूर्वकप्तान सनथ जयसूर्याले उनले गरेको बलिङमा एकै ओभरमा २२ रन प्रहार गरेका थिए। ४ ओभर बलिङ गरेका मनोजले ४७ रन दिएका थिए। यो कुरालाई लिएर भारतीय समर्थकहरूले दिल्ली ‘होम ग्राउन्ड’ मा उनीविरूद्ध नाराबाजी नै गरेका थिए। यो खेलपछि मनोज भारतीय टोलीबाट सदाका लागि बाहिरिए। 

त्यसपछि उनले तुरून्तै सन्यासको घोषणा गरे। क्रिकेटबाट टाढा रहेपछि उनी त्यसैवर्ष राजनीतिमा आएका थिए। तर, उनी क्रिकेटमा जस्तै राजनीतिमा भने जम्न सकेनन्। भारतीय कांग्रेस पार्टीबाट टिकट लिएर लोकसभा निर्वाचनमा दक्षिण दिल्लीमा उम्मेदवारी दिएका उनी नराम्ररी पछारिए।

 भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनलाई सन् २००० मा प्रतिबन्ध लगायो। तर, सन् २००६ मा उनीमाथि लागेको प्रतिबन्ध हट्यो। प्रतिबन्ध हटेसँगै उनले दिल्ली रणजी टोलीको प्रशिक्षकको भूमिका पनि निर्वाह गरे। उनी सन् २००७–०८ को रणजी ट्रफीमा गौतम गम्भीर कप्तान रहेको दिल्ली टोलीका प्रशिक्षक थिए। 

त्यसपछि उनी सन् २०१५ मा अफगानिस्तान टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भए। उनको प्रशिक्षणको क्रममा अफगानिस्तान टोलीका खेलाडीले राम्रो बलिङ गर्दै सन् २०१६ मा भारतमा भएको टी–२० विश्वकप खेलेको थियो।

मनोजलाई विवादबाट बाहिरिएर हेर्दा उनलाई ९० को दशकको भारतीय क्रिकेट टोलीको उत्कृष्ट अलराउन्डर मान्न सकिन्छ। उनै मनोजलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक वर्षका लागि मुख्य प्रशिक्षकमा सोमबार नियुक्त गरेको छ। ९० को दशकका उत्कृष्ट खेलाडी उनी सन् २००० को दशकमा प्रशिक्षकको रूपमा उत्तिकै दहरिन्छ सक्छन् कि सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी... आइतबार, असोज ४, २०८३
एनपीएल–३ को सेड्यूल सार्वजनिक, लुम्बिनी र सदुरदपश्चिमबीच कात्तिक ९ गते पहिलो खेल सार्वजनिक तालिका अनुसार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दोस्रो भएको सुदूरपश्चिम रोयल्सबीच कात्तिक १० गते सोमबार हुन... शनिबार, असोज ३, २०८३
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको अनुभव टोलीसँग रहेको र यसपटक पनि रा... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? सोमबार, असोज ५, २०८३
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग सोमबार, असोज ५, २०८३
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्