• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
नेपाली प्रशिक्षक मनोज प्रभाकर : जो आँधी बनेर आए, भारतीय टोलीलाई ‘तहसनहस’ बनाएर गए 
64x64
दीप सुवेदी मंगलबार, साउन २४, २०७९  ०६:५५
1140x725

काठमाडौं– ९० को दशकमा २१ वर्षीय एक युवक, जो उत्तर प्रदेशको गाजियावादको सडकबाट क्रिकेट खेल्दै भारतीय क्रिकेट टोलीको ‘ड्रेसिङ रूम’ सम्मको यात्रा तय गरेका थिए। उनले भारतीय क्रिकेट टोलीमा छोटो समयमै स्थान मात्रै बनाएनन्, आफ्नो प्रदर्शनले सबैलाई प्रभावित पार्नसमेत भ्याए।

हो, उनै हुन् नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर। जसरी भारतीय टोलीलाई मनोजको आवश्यकता थियो, उनलाई त्यसैगरी प्रयोग गर्‍यो। जब भारतीय टोलीलाई ओडीआईमा ओपनर चाहिएको थियो, मनोजले ओपनिङ गर्न थाले। त्यसपछि मध्य ओभरमा टोलीलाई ‘मिडियम पेसर’को आवश्यकता महसुस हुँदा मनोजले उसैगरी बलिङ गरे।

मनोजले टोलीको आवश्यकतालाई अनुकूल बनाए र केही समयमै अलराउन्डरको रूपमा उदय भए। गाजियावादमा १५ अप्रिल १९६३ मा जन्मेका मनोजले विद्यालयमा अध्ययन गर्दादेखि नै क्रिकेट खेल्न थालेका थिए। यद्यपि, त्यो समयमा उनी मुख्यतया ब्याटिङ मात्रै गर्थे।

विद्यालयबाट आएपछि घरको आँगन र गल्ली उनको क्रिकेट खेल्ने मैदान बन्थ्यो। उनले उक्त मैदानमा कतिपटक शतक बनाए भने कतिपटक त कीर्तिमान नै तोडे। जुन क्रिकेट जगतमा दर्ज हुन सकेन। समय बित्दै जाँदा उनमा एक उत्कृष्ट क्रिकेटरको गुण झल्किन थालिसकेको थियो। उनलाई परिवार मात्रै होइन, छरछिमेक र साथीभाइहरूले समेत क्रिकेटमा लाग्न सुझाव दिन्थे। त्यसपछि उनले उक्त सुझाव मनन् गर्दै व्यावसायिक रूपमा क्रिकेटमा हाम फाल्ने निधो गरे।

त्यसपछि उनले कहिल्यै घरको आँगन र गल्लीमा खेल्न परेन। उनी सिधै रंगशालामा क्रिकेट खेल्न पुगे। त्यसपछि मनोजले ब्याटिङ मात्रै होइन, प्रशिक्षकको सल्लाह बमोजिम बलिङ पनि गर्न थाले।

मनोज मध्यम गतिले बलिङ गर्थे। तर, उनको बलिङमा पर्याप्त ‘स्विङ’ थियो। जसका कारण उनले क्रिजमा उभिएका ब्याट्सम्यानलाई समस्यामा पार्ने गर्थे। विद्यालय छाडेपछि उनले क्रिकेट प्रशिक्षण सुरू गरेका थिए। गाजियावादको तुलनामा दिल्ली नजिक भएको फाइदा मनोजले उठाउन भ्याए। उनले उत्तर प्रदेशको रणजी टोलीको प्रस्ताव अस्वीकार गर्दै दिल्लीबाट खेल्ने निर्णय गरे। दिल्ली भौगोलिकरूपमा गाजियावादको नजिक थियो। लखनउ भने गाजियावादबाट निकै टाढा।

रणजी टोलीका लागि ‘ट्रायल’

मनोज दिल्लीको फिरोजशाह कोटला मैदानमा दिनभर प्रशिक्षण लिएर साँझसम्म घर फर्कने गर्थे। जब दिल्लीको रणजी टोलीका लागि ‘ट्रायल’ सुरू भयो, मनोजले त्यसमा सहजै स्थान बनाए।

Ncell 2
Ncell 2

प्रशिक्षकको सल्लाह मनोजका लागि बरदान सावित भयो। उनी ब्याटिङमा मात्र सीमित रहेनन्, बलिङमा पनि निकै पोख्त देखिए। प्रशिक्षकको विश्वास थियो– मनोजले दौड्न नसक्ने बलरको हैसियतले ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छन्।

त्यसो त मनोज आफैले पनि सोचेका थिएनन् एकदिन उनी भारतीय टोलीका लागि उत्कृष्ट अलराउन्डर बन्नेछन्। भारतले सन् १९८३ को विश्वकप जितेको थियो। यो त्यस्तो समय थियो, जतिबेला भारतीय टोलीका सिनियर खेलाडीहरू धमाधम सन्यास लिइरहेका थिए। उनीहरूको स्थानमा नयाँ खेलाडीहरू टोलीमा स्थान बनाउन संघर्षरत थिए।

८ अप्रिल १९८४ मा मनोजले २१ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह मैदानमा आफ्नो करिअरको पहिलो ओडीआई खेल भारतीय टोलीबाट खेल्ने मौका पाए। मनोजले शारजाह कपमा श्रीलंकाविरूद्धको खेलमा भारतीय टोलीबाट डेब्यू गरेका थिए। 

सुनील गावस्करको कप्तानीमा खेलेका मनोजलाई मनोवैज्ञानिक दबाब थियो। उनले खेलमा बेजोड प्रदर्शन गर्नुपर्‍यो। त्यसबेला पनि भारतीय टोलीमा स्थान बनाउन उत्तिकै गाह्रो थियो, जुन अहिले पनि उस्तै छ। त्यसैले एक खेलमा नै भविष्य निर्धारण हुने भएको कारण उनलाई आफ्नो प्रदर्शनबारे निकै चिन्ता थियो।

shivam cement

shivam cement

उक्त खेलमा श्रीलंकाको टोली पहिले ब्याटिङमा उत्रिएको थियो। भारतीय बलरका अगाडि श्रीलंकाको ब्याटिङ पूरै ध्वस्त भयो। श्रीलंकाको पूरा टोली ४१ ओभरमा ९६ रनमा अलआउट भएको थियो।

आफ्नो पहिलो खेल खेलेका मनोजले १० ओभरमा १६ रन मात्र दिएर ३ मेडेन ओभर बलिङ गर्दै २ विकेट लिए। उनको सानदार प्रदर्शन प्रेरित भारतीय टोलीले यो खेल १० विकेटले जित्यो।

आफ्नो पहिलो खेलमा नै मनोजले उत्कृष्ट प्रदर्शन गर्दै उदयमान खेलाडीको छाप छाडे। भारतीय टोलीमा बलरको रूपमा सुरू गरेपनि मनोज तल्लो क्रममा राम्रो ब्याटिङ गर्न सक्ने क्षमता राख्थे। अन्तिम ओभरहरूमा उनले टोलीलाई धेरै पटक खेल जिताए। त्यही भएर होला उनलाई धेरै खेलमा ओपनिङमा पनि पठाइयो।

मनोज डेब्यू खेलका कारण चर्चामा आए पनि उनको एउटा कीर्तिमान समर्थकहरूले अझै पनि बिर्सन सकेका छैनन्। मनोजले भारतीय टोलीका लागि १३० ओडीआई खेल खेलेका छन्। जसमा उनले १ हजार ८५८ रन बनाएका छन्। मनोजले आफ्नो ओडीआई करिअरमा २ शतक र ११ अर्धशतक बनाएका छन्। उनको उत्कृष्ट स्कोर भने १०६ रन थियो।

अचम्मको कुरा के छ भने उनले १३० ओडीआईमा एक छक्का पनि प्रहार गर्न सकेनन्। उनी भारतीय टोलीका एकमात्र ब्याट्सम्यान हुन्, जसले ओडीआई क्रिकेटमा छक्का प्रहार गरेका छैनन्। 

भारतका लागि खेलेका १३० ओडीआईमा २४.१२ को औसतमा १ हजार ८५८ रन बनाउनुका साथै १५७ विकेट लिएको उनको रेकर्ड छ। उनले ओडीआईमा २ शतक र ११ अर्धशतक प्रहार गरेका छन्। 

यद्यपि, मनोजले ३९ टेस्ट खेलमा ४ छक्का प्रहार गरेका छन्। टेस्टमा उनले ३२.६५ को औसतमा १ हजार ६०० रन बनाएका थिए भने ९६ विकेट लिएका थिए। उनले टेस्टमा १ शतक र ९ अर्धशतक प्रहार गरेका छन्।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान केप्लर वेसेल्स आफ्नो अन्तर्राष्ट्रिय करिअरमा दुईपटक शून्य रनमा आउट भएका थिए। उनलाई दुवैपटक मनोजले नै आउट गरेका थिए। 

मनोजको करिअरको सुरूआत उत्कृष्ट ढंगले भएपनि अन्त्य भने निक्कै दु:खद् तरिकाले भएको थियो। आफ्नो उदाउँदो करिअर बर्बाद गर्नमा भने उनी आफैको हात रहेको मानिन्छ। मनोजले धेरै भारतीय क्रिकेटरमाथि ‘म्याच फिक्सिङ’ (खेल मिलेमतोमा खेलेको) गरेको आरोप लगाएपछि क्रिकेट जगतमा सनसनी नै मच्चिएको थियो। 

सन् १९९९ मा भारतको चर्चित पत्रिका ‘तहल्का’ ले उनी ‘म्याच फिक्सिङ’मा संलग्न रहेको खबर प्रकाशित गरेको थियो। त्यसपछि मनोजले आफूलाई चोख्याउन त्यही पत्रिकासँग मिलेर आफ्ना सहकर्मी र दिग्गज भारतीय क्रिकेटरमाथि ‘स्टिङ अपरेसन’ चलाउन सहयोगी भूमिका खेले। यो ‘स्टिङ अपरेसन’ तहल्कामा आएपछि विश्व क्रिकेटमा हल्लीखल्ली नै मच्चियो। मनोजका अनुसार भारतीय टोलीको ‘ड्रेसिङ रूम’ मा ‘म्याच फिक्सिङ’ गरिएको थियो। 

'म्याच फिक्सिङ’ को आरोप

मनोजले भारतीय क्रिकेटका लिजेन्ड कपिल देवले ‘म्याच फिक्सिङ’ गर्न २५ लाख भारू अफर गरेको आरोप लगाएका थिए। त्यतिमात्रै होइन् रवि शास्त्री, सुनिल गावस्कर, किरण मोरे, नवजोत सिंह सिद्धुजस्ता खेलाडीहरूले ‘म्याच फिक्सिङ’ गरेको भन्दै ‘स्टिङ अपरेसन’ चलाए।

जब मुद्दा बिग्रियो, अदालत पुग्यो र अनुसन्धान सुरू भयो। उनले अदालतमा धेरै टेपहरू उपलब्ध गराए। तर, उनैले वेस्ट इन्डिजविरूद्वको खेलमा म्याच फिक्सिङ गरेको भन्दै अदालतले फैसला सुनायो

१९९४ मा कानपुर आयोजना भएको ओडीआई खेलमा उनले वेस्ट इन्डिजविरूद्ध अपराजित रहँदै १०२ रन बनाएका थिए। तर, यो खेलमा भारत पराजित भयो। अन्तिम ओभरमा मनोज र नयन मोंगियाले २१ बलमा ४ रन प्रहार गरे। यो उनीहरूको निकै सुस्त ब्याटिङ थियो। भारतलाई जितका लागि अन्तिम ९ ओभरमा ६३ रन आवश्यक थियो। 

तर, मनोज र मोंगियाले मिलेर १६ रन मात्रै बनाउन सके। जसका कारण भारतले खेल गुमाएको थियो। खेलपछि पत्रकारहरूले मनोजलाई यसबारे प्रश्न गरे। उनले ती पत्रकारहरूलाई प्रतिप्रश्न गर्दै भनेका थिए– भारतले यसअघि ९ ओभरमा ६३ रन बनाएको रेकर्ड छ? यो खेलपछि मनोज र मोंगिया दुवै टोलीबाट बाहिरिएका थिए।

उनको प्रदर्शनमाथि सन् १९९६ को विश्वकपमा पनि प्रश्न चिन्ह्र खडा भएको थियो।  सेमिफाइनलमा ब्याटिङ गर्न आएका श्रीलंकाका पूर्वकप्तान सनथ जयसूर्याले उनले गरेको बलिङमा एकै ओभरमा २२ रन प्रहार गरेका थिए। ४ ओभर बलिङ गरेका मनोजले ४७ रन दिएका थिए। यो कुरालाई लिएर भारतीय समर्थकहरूले दिल्ली ‘होम ग्राउन्ड’ मा उनीविरूद्ध नाराबाजी नै गरेका थिए। यो खेलपछि मनोज भारतीय टोलीबाट सदाका लागि बाहिरिए। 

त्यसपछि उनले तुरून्तै सन्यासको घोषणा गरे। क्रिकेटबाट टाढा रहेपछि उनी त्यसैवर्ष राजनीतिमा आएका थिए। तर, उनी क्रिकेटमा जस्तै राजनीतिमा भने जम्न सकेनन्। भारतीय कांग्रेस पार्टीबाट टिकट लिएर लोकसभा निर्वाचनमा दक्षिण दिल्लीमा उम्मेदवारी दिएका उनी नराम्ररी पछारिए।

 भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनलाई सन् २००० मा प्रतिबन्ध लगायो। तर, सन् २००६ मा उनीमाथि लागेको प्रतिबन्ध हट्यो। प्रतिबन्ध हटेसँगै उनले दिल्ली रणजी टोलीको प्रशिक्षकको भूमिका पनि निर्वाह गरे। उनी सन् २००७–०८ को रणजी ट्रफीमा गौतम गम्भीर कप्तान रहेको दिल्ली टोलीका प्रशिक्षक थिए। 

त्यसपछि उनी सन् २०१५ मा अफगानिस्तान टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भए। उनको प्रशिक्षणको क्रममा अफगानिस्तान टोलीका खेलाडीले राम्रो बलिङ गर्दै सन् २०१६ मा भारतमा भएको टी–२० विश्वकप खेलेको थियो।

मनोजलाई विवादबाट बाहिरिएर हेर्दा उनलाई ९० को दशकको भारतीय क्रिकेट टोलीको उत्कृष्ट अलराउन्डर मान्न सकिन्छ। उनै मनोजलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक वर्षका लागि मुख्य प्रशिक्षकमा सोमबार नियुक्त गरेको छ। ९० को दशकका उत्कृष्ट खेलाडी उनी सन् २००० को दशकमा प्रशिक्षकको रूपमा उत्तिकै दहरिन्छ सक्छन् कि सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ। शुक्रबार, वैशाख २६, २०८२
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन । आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन् । शुक्रबार, वैशाख २६, २०८२
सुरक्षा जोखिमलाई लिएर पाकिस्तानमा जारी पिएसएलका बाँकी खेल युएईमा सारियो भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ । शुक्रबार, वैशाख २६, २०८२
ताजा समाचारसबै
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि ‘स्पार्क एडभेञ्चर’ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारमा कतार गएका समसुद्दीन पत्नी बलात्कारको आरोपमा इन्टरपोलमार्फत पक्राउ शुक्रबार, वैशाख २६, २०८२
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्