काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्यमा पनि कुनै फेरबदल भएको छैन।
अघिल्लो कारोबार दिन (आइतबार)को जस्तै सोमबार पनि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ तोकिएको छ।
हप्ताको पहिलो कारोबार दिन आइतबार भने सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो। गत साताको अन्तिम कारोबार दिन (शुक्रबार) छापावाल सुन ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ३०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
सोमबार चाँदीको मूल्य पनि आइतबारको जस्तै प्रतितोला १ हजार २०५ रुपैयाँ कायम भएको छ। आइतबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।