धनगढी– भारतबाट अवैध रुपमा ल्याइएको दुई लाख मूल्य बराबरको सामान कैलाली प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटेको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो। बरामद सामानमा मोटरसाइकलका पार्टपूर्जा र एउटा पुरानो मोटरसाइकल रहेको प्रहरीले जानकारी दिएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालयमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।