काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा लेस्टर सिटी बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो।
खेलको ३३ औं मिनेटमा टिमोथीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। खेलको ४६औं मिनेटमा किरनन हलले गोल गर्दै लेस्टरलाई २-० को अग्रता दिलाए।
तर, खेलको ६२औं मिनेटमा ब्रेन्टफोर्डका इभान टोनीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए।
त्यसपछि खेलको ८६ औं मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई खेललाई २-२ गोलको बराबरीमा पुर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।