काठमाडौं– प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ।
गएराति भएको खेलमा बार्सिलोनाले पुमास यूएनएएलाई ६-० गोल अन्तरले हराएको हो।
बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे। रोबर्ट लेवान्डोस्की, ओसुमाने डेम्बेले, पिएरे अबुमियाङ र फ्रान्की डी योङले एक/एक गोल गरे।
पहिलो हाफमा ४ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गरेको थियो। जितसँगै बार्सिलोनले जोन गाम्पर ट्रफी हात पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।