काठमाडाैं-म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ। ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाटेड ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
ब्राइटनका लागि पास्कल ग्रोसले दुवै गोल गरे। यता, ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे।
पास्कलले ३० र ३९औं मिनेटमा गोल गरेका थिए। खेलको ६८औं मिनेटमा एरिस्टरले आत्मघाती गोल गरे।
जितसँगै युनाइटेडले हारबाट सिजनको सुरूआत गरेको छ। यता, ब्राइटनले भने ३ अंक जोड्दै सिजनको सुखद् सुरूआत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।