• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

बार्सिलोनामा अनुबन्धित नयाँ खेलाडी दर्ता गर्न ला लिगाद्वारा अस्वीकार

64x64
नेपाल लाइभ आइतबार, साउन २२, २०७९  १६:२२
1140x725

काठमाडौं- स्पेनिस ला लिगा फुटबलले क्याटलान क्लब बार्सिलोनाका हालै अनुबन्धित नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको छ।

‘फाइनान्सियल फेयर प्ले’को कडाइको कारण ला लिगाले बार्सिलोनामा आबद्द ५ नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको हो।

गम्भीर आर्थिक समस्याको बाबजुत बार्सिलोनाले रोबर्ट लेवान्डोस्की, राफिन्हा, जुल्स कुन्डे, फ्रान्क केस्सी र एन्ड्रियस क्रिस्टेनसेन अनुबन्ध गरेको थियो। यस्तै, औसमाने डेम्वेले र सर्जि रोवर्टोसँग बार्सिलोनाले सम्झौता नवीकरण गरेको थियो।

आर्थिक समस्या हुँदासमेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनामाथि अनुसन्धान गर्ने छ। यता, बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले आवश्यक कागजात जुटाउने तयारी गरिरहेको बताएका छन्।

‘हामीले सबै कुरा पालना गरेका छौं। हामी सबै आवश्यकताहरू पूरा गर्छौं,’ लापोर्टाले भने,‘कागजातहरू पहिले नै पठाइएको छ, हामी लिगबाट प्रतिक्रियाको लागि पर्खिरहेका छौं। त्यहाँ केही समस्या देखा परेका छन्, त्यसबारे बुझ्ने कोशिस गरिरहेका छौं।’ 

लन्डन क्लब चेल्सीमा आवद्द हुने तरखरमा रहेका ब्राजिलियन विंगर राफिन्हो अन्तिम समयमा बार्सिलोना भित्रिएका थिए। प्रिमियर लिग क्लब लिड्स युनाइटेडका पूर्वखेलाडी राफिन्होलाई बार्सिलोनाले ६० मिलियन युरोको प्रारम्भिक प्रस्ताव पेस गरेको थियो। २५ वर्षीय राफिन्हाले बार्सिलोनाबाट खेल्ने आफ्नो सपना रहेको बताएपछि लिड्सले उनको आग्रह स्वीकार गरेको थियो। 

लिड्सले प्रिमियर लिग क्लबभन्दा बाहिर पठाउँदा उचित हुने देखेपछि बार्सिलोना पठाएको थियो। आर्थिक समस्याले ग्रस्त बार्सिलोनाले धेरै किस्तामा ट्रान्सफर रकम तिर्ने भनेपछि लिड्सले सुरुआतमा असहमति जनाएको थियो।

राफिन्हा फ्रान्सको रेन्नेसबाट लिड्स पुगेका थिए। उनले गत सिजन प्रभावशाली प्रदर्शन गर्दै लिड्सलाई प्रिमियर लिगमा राख्न सफल भएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

यता, पोलिस फरवार्ड लेवान्डोस्कीमा पनि चेल्सीले इच्छा देखाएको थियो। तर, लेवान्डोस्कीले व्यक्तिगत रुपमा नै बायर्न म्युनिखलाई बार्सिलोनाबाहेक अन्यत्र नसुन्न भनेपछि क्लबले उनको आग्रह स्वीकार गरेको थियो।

बार्सिलोनाले लेवान्डोस्कीलाई ४ वर्षको लागि ५० मिलियन युरो (४२.६ मिलियन पाउन्ड) खर्चिएको छ। बायर्नमा अझै १ वर्ष सम्झौता अवधि बाँकी रहँदै ३३ वर्षीय लेवान्डोस्कीले क्लब छाड्ने निर्णय गरेका थिए।

यता, बार्सिलोनाले फ्रान्सेली सेन्टर ब्याक कुन्डेलाई ४ वर्षको लागि ५० मिलियन युरो र १० मिलियन युरो थप गरि २०२७ सम्मको लागि अनुबन्ध गर्न गरेको थियो। 

२३ वर्षीय कुन्डे अनुबन्धमा बार्सिलोनाले इंग्लिस क्लब चेल्सीलाई पछि पारेको थियो। यता, बार्सिलोनाले आइभोरी कोस्टका मिडफिल्डर केस्सीलाई फ्रि- ट्रान्सफरमार्फत् इटालियन च्याम्पियन एसी मिलानबाट अनुबन्ध गरेको थियो।

क्लबले २५ वर्षीय मिडफिल्डरलाई ४ वर्षका लागि अनुबन्ध गरेको पुष्टि गरेको छ। उनी सन् २०२६ सम्म नोउ क्याम्पमा रहनेछन्। उनको रिलिज क्लज ५ सय मिलियन युरो राखिएको छ।

केस्सी सन् २०१७ देखि एसी मिलानमा रहेका थिए। गत सिजन मिलानले १० वर्षपछि सिरी ‘ए’ को उपाधि जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए। यता, डिफेन्डर क्रिस्टेनसेनलाई बार्सिलोनाले चेल्सीबाट फ्रि–ट्रान्सफरमा अनुबन्ध गरेको थियो।‍ क्रिस्टेनसेनले बार्सिलोनासँग ४ वर्षको सम्झौता गरेका छन्।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना
सम्बन्धित सामग्री
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम पुगे ? शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै प्रि-क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो । शनिबार, असार २०, २०८३
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश शनिवार बिहान भएको अन्तिम ३२ को अन्तिम खेलमा घानालाई १-० गोलले पाखा लगाउँदै कोलम्बिया अन्तिम १६ मा पुगेको हो । शनिबार, असार २०, २०८३
नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा नेदरल्यान्ड्सको खराब इतिहास फेरि दोहोरिएको छ । फिफा विश्वकपअन्तर्गत मंगलबार बिहान मेक्सिकोको मोन्टेरी रंगशालामा भएको मोरक्कोविरुद्धक... मंगलबार, असार १६, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्