काठमाडौं– लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा संघर्षपूर्ण जितसहित नयाँ सिजनको सुरुआत गरेको छ। शनिबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु टोली एभर्टनमाथि १-० को जित निकालेको हो।
चेल्सीको जितमा जर्जिन्होले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो। उनले पहिलो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गोल गरेका थिए।
पेनाल्टी क्षेत्रभित्र अब्दुलाए डुकुरेले बेन चिल्वेललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। शनिबार नै भएको अर्को खेलमा न्यूकासल युनाइटेडले यसै सिजन बढुवा भएको नटिङहम फरेस्टलाई २-० ले पराजित गर्यो। न्यूकासलको जितमा फाबियन सेर र क्यालम विल्सनले गोल गरे।
जितसँगै चेल्सी र न्यूकासलले ३/३ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।