काठमाडौं– फरवार्ड लिओनल मेसीको दुई गोल प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुआत गरेको छ।
गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पीएसजी लेक्लेरमन्ट फुटलाई ५-० ले पराजित गरेको हो।
खेलको नवौं मिनेटमा नेयमारले मेसीको पासमा गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। २६औं मिनेटमा अचरफ हाकिमीले अग्रता दोब्बर पारे।
३८औं मिनेटमा कप्तान मार्किन्हसले गोल गरेपछि पीएसजीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो।
८०औं मिनेटमा मेसीले गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो। ८६औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए।
जितसँगै पीएसजीले ३ अंक जोडेको छ। क्लेरमन्टले अंक जोड्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।