काठमाडाैं-नवप्रवेशी बर्नमाउथ र लिड्स युनाइटेडले जितसहित नयाँ सिजनको प्रिमियर लिग सुरूआत गरेको छ।
शनिबार घरेलु मैदानमा सम्पन्न खेलमा बर्नमाउथले एस्टन भिल्लालाई २-० ले पराजित गरेको हो। घरेलु टोलीको जितमा जेफर्सन लेर्मा र किएफर मुरले १/१ गोल गरे।
खेलको तेस्रो मिनेटमै जेफर्सनको गोलमा बर्नमाउथले अग्रता लिएको थियोे।
८०औं मिनेटमा मुरले गोल गर्दै २-० को जित पक्का गरे। शनिबार नै सम्पन्न अर्को खेलमन लिड्स युनाइटेडले वल्भ्समाथि पुनरागमन जित दर्ता गर्याे।
खेलको छैटौं मिनेटमा ड्यानीएल पोडेन्सको गोलमा वल्भ्सले अग्रता लिएको थियोे।
तर, २४औं रोड्रीगोले खेल बराबरीमा ल्याए। ७४औं मिनेटमा रायन एट नुरीको आत्मघाती गोल गरेसँगै लिड्सले २-१ को जित हात पार्याे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।