काठमाडाैं-टोटनह्यामले प्रिमियर लिगमा सानदार सुरूआत गरेको छ। शनिबार सम्पन्न खेलमा टोटनह्यामले साउथहम्पटनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
टोटनह्यामको जितमा रायन सेस्सेनन्, एरिक डाएर र डेजान कुलुसेभ्सकीले १/१ गोल गरे। एक गोल भने टोटनह्यामले उपहार पाएको थियो। साथहम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले गोल गरे।
१२औं मिनेटमा जेम्सले गोल गर्दै साउथहम्पटनलाई सुरूआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता साउथहम्टनले जोगाउन सकेन।
२१औं मिनेटम रायनले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए। ३१औं मिनेटमा एरिकले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए।
६३औं मिनेटमा एमर्सन रोयलको क्रसलाई क्लिअर गर्ने क्रममा सालिसुले आफ्नै पोस्टमा गोल गर्न पुगे। त्यसपछि ६३औं मिनेटमा डेजानले गोल गर्दै ४-१ को सानदार जित दिलाए।
जितसँगै टोटनह्यामले नयाँ सिजनमा उत्कृष्ट सुरूआत गर्दै ३ अंक जोडेको छ। टोटनह्यामले अब अर्को खेल अगस्ट १४ मा चेल्सीविरुद्ध खेल्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।