काठमाडाैं-यू-१७ राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ४५ खेलाडी छनोट भएको जानकारी दिएको हो।
यसअघि एन्फाले देशभरका खेलाडीबाट पहिलो चरणमा ६० खेलाडी छनोट गरेको थियो।
यू-१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ६० खेलाडीबाट बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेका हुन्।
एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा परेको छ। नेपाल रहेको समूहमा भारत र भुटान रहेको छ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ। यस्तै,भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।