मेक्सिको (एजेन्सी) - 'नेट' आँधीका कारण मध्य अमेरिकामा मुसलधारे वर्षा हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।
आँधी अहिले मेक्सिकोको समुद्र किनारतर्फ बढिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । आँधीका कारण प्रतिघन्टा ९५ किलोमिटर गतिमा हावा चलिरहेको र आज वा भोलि मेक्सिको खाडीको उत्तरी किनारमा पुग्ने सम्भावना छ।
मेक्सिकन खाडीमा रहेका तेल र ग्यास कम्पनीहरुले आँधीको त्रासका कारण आफ्ना कर्मचारीहरुलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानमा लगिरहेका छन् । अमेरिकाको नेशनल हरिकेन सेन्टर (एनएचसी) ले मेक्सिकोको युकातान प्रायद्वीप, कानकुन लगायत आँधीको खतरा रहेको जनाएको छ।
आँधीका कारण निकारागुआमा ११ जनाको, कोस्टारिकामा ६ जनाको र होन्डुरसमा ३ जनाको मृत्यु भएको छ । आँधीका कारण कैयौं मानिस बेपत्ता भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।