काठमाडौं– विंगर म्याक्सवेल कोर्नेट प्रिमियर लिग क्लब वेस्टह्यामा अनुबन्धित भएका छन्। क्लबले अर्को प्रिमियर लिग क्लब बर्न्लीबाट उनलाई अनुबन्ध गरेको हो। वेस्टह्यामले कोर्नेटलाई १७.५ मिलियन पाउन्डमा भित्र्याएको हो।
वेस्टह्याम उनलाई पाँच वर्षे सम्झौता क्लब भित्र्याएको हो। जसमा एक वर्ष थप्न सकिने विकल्प पनि राखिएको छ ।
कोर्नेट यसअघि सन् २०२१ मा फ्रेन्च क्लब लियोनबाट प्रिमियर लिग क्लब बर्न्ली अनुबन्धित भएका थिए। बर्न्लीमा एक सिजन बिताएका उनले प्रिमियर लिगमा ९ गोल गरेका थिए। सिजनको अन्त्य हुँदा बर्न्ली सन् २०१५ पछि पहिलो पटक घटुवा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।