काठमाडौं– इटालियन क्लब एएस रोमाले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर जिओर्जिनिओ वाइनाल्डमलाई भित्र्याएको छ।
प्रिमियर लिग क्लब लिभरपुल छाडेर गत सिजन मात्र पीएसजी आएका डच मिडफिल्डर वाइनाल्डम रोमा पुगेका हुन्। उनले गत सिजन २२ खेलमा ३ गोल र ३ असिस्ट प्रदान गरे। उनले १६ खेलमा बेन्चबाट मैदान प्रवेश गरेका थिए।
रोमाले स्टार फरवार्ड पाउलो डिबाला आएको दुई सातामै वाइनाल्डम अनुबन्ध गरेको छ। यसअघि नै रोमाले म्यानचेस्टर युनाइटेडबाट नेमान्जा माटिचलाई अनुबन्ध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।