काठमाडौं– प्रिमियर लिग क्लब ब्राइटनले डिफेन्डर लेभी कोलविललाई अनुबन्ध गरेको छ।
ब्राइटनले लन्डन क्लब चेल्सीका १९ वर्षीय डिफेन्डर लेभीलाई लोनमा अनुबन्ध गरेको हो। उनी एक सिजनको लागि ब्राइटनमा अनुबन्ध भएका हुन्।
चेल्सीले उनलाई गत सिजन हडर्सफिल्ड टाउनबाट अनुबन्ध गरेको थियो। उनले हडर्सफिल्डका लागि २९ खेलमा २ गोल गरेका थिए।
लेभीले चेल्सीका लागि सिनियर टोलीमा डेब्यू गर्ने मौका भने पाएनन्। उनले इङ्ग्ल्यान्डको उमेर समूहको टोलीबाट खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।